उपेन्द्र गोले रौतहट, असार २१ गते
भारतीय सिमा सुरक्षा बल एसएसबीले रौतहट सिमाक्षेत्रमा आवतजावतमा रोक लगाएको छ । गौर बैरगनिया सिमाक्षेत्रमा पैदल यात्रुलाई समेत आवतजावत गर्न नदिएपछि सयौं भारतीयहरु नेपाली क्षेत्रमा अलपत्र परेका छन । त्यसैगरि अति आवश्यक सामग्री खरिद गर्न भारतीय बजार पुगेको नेपालीहरु पनि भारतीय क्षेत्रमा अलपत्र परेको जनाइएको छ । आइतबारसम्म निर्वाद रुपमा आवतजावत भइरहेको गौर सिमामा सोमबार बिहान देखि नै एसएसबीले गौर बैरगनिया जोडने मितेरी पुल पार गरेर हिडडुल गर्न रोक लगाएका। छन । भारतीय क्षेत्र र नेपाली क्षेत्रमा विभिन्न कार्यका लागी सिमा पार गरेका दुवै तर्फका तिन चार सय नागरिकहरु अलपत्र अबस्था रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख सिद्धिविक्रम साहले बताउनु भयो । बैरगनियामा रहेको भारतीय सुरक्षा बल एसएसबिको कमाण्डेण्ट परिवर्तन भइ अमित कुमार आएपछि सोमबारबाट आवतजावत बन्द गराएको नेपाली सुरक्षा अधिकारीहरुले जनाएका छन ।