आरके श्रीवास्तव । रौतहट । असार २१ गते
रौतहट जिल्लाको माधवनारायण नगरपालिकाकाकी उपप्रमुख सिमल कुमारी साहले पदभार ग्रहण गर्नु भएको छ । उनका सयौं समर्थकहरूले फूलमाला र टीका लगाएर स्वागत गरेका छन् । आज सोमबार एक कार्यक्रमका साथ साहले नगरपालिकाको कामकाज औपचारिक रुपमा सम्हाल्नु भएको छ । दल त्याग गरेको जनाउँदै रौतहटका २ नगर प्रमुखसहित ७ जना उपमेयरको पद रिक्त भएको निर्वाचन आयोगले गत असार ११ गते एक सुचनामार्फत जनाएको थियो । तर सर्वोच्च अदालतले सातै जना उपमेयरहरुको पद पुनर्वाहाली गरि दिएको छ । पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै रौतहटका उपप्रमुख साहको पद पुनर्वाहाली भएको हो । सो अवसरमा वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नपाका कर्मचारीहरु,पत्रकारहरुको उपस्थिती रहेको थियो ।