जिल्लामा बस व्यवसायीको अटेरी कारण चलेनन् ९लोकल बस

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ २२, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
जिल्लामा बस व्यवसायीको अटेरी कारण चलेनन् ९लोकल बस


राजिव शाह सर्लाही,असार २१ गते
सर्लाही जिल्लामा बस व्यवसायीको अटेरी कारण अझै लोकल बस संचालनमा आएको छैन । सर्लाहीमा यातायात ब्यवसायिको अटेरी अटेरीले यात्रुहरु मारमा परेको छ । कोरोना भाइरस महामारीले निषेधाज्ञाकारण करिव २ महिना सम्म बन्दले लामो दुरी तथा छोटो दुरीको यातायात अझै संचालनमा आउन सकेको छैन । जिल्ला प्रशासन कार्यालय सर्लाहीले असार १ गते पहिलो पटक निषेधाज्ञा खुकुलो गरे संगै जिल्लामा चहलपहल बढेको छ । तर यातायात भने सन्चालन नहुदा जिल्लामा काम विशेषले यात्रा गर्ने सर्वसाधारण यात्रु भने मारमा परेका छन् । ठुला गाडी नचल्दा अहिले टेम्पो, मयुर, इ रिक्साजस्ता सवारी साधनको प्रयोगले बढ्दो छ । उनीहरूले अहिले दैनिक यात्रु ठगिने गरेको गुणासो बढ्को छ।
सर्लाही सदरमुकाम मलंगवा देखी नवलपुर सम्म १५० देखि २५० सम्म भाडा असुल्ने गरेको स्थानीय सुशील महतोले बताए ।
यातायात लामो तथा दुरीका गाडी धनी भने सबै यातायात खोल्नु पाउनुपर्ने , नवीकरण ९कर ०जस्ता विभिन्न माग राख्दै मौन छन् ।
जिल्ला भित्र मात्र दर्जनौं लोकल बस चल्नु पर्ने हो तर अहिले सदरमुकामबाट दैनिक २र३ ओटा गाडीमा छुट्ने गरेको स्थानीयहरुले बताएका छन् ।
गत असार १४ गते डिसिसिएमसीको बैठकले जिल्लामा लोकल बस लगायतको सवारी साधन चलाउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाही निषेधाज्ञा खुकुलो गर्दै आदेश जारी गरे पनि यातायात व्यवसायी मनपरीले अझै पुर्ण रुपमा संचालन नहुदा यात्रुहरुलाई सास्ती भोग्नु परेको गुनासो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस