राजिव शाह सर्लाही,असार २१ गते
सर्लाहीको हरिपुरमा स्वस्गिरिजा प्रसाद कोइरालाको ९८ औ जन्मजयन्तिको अवसरमा सोमबार मानवीय कलंक विरुद्ध सहभोज कार्यक्रम सम्पन्न भएको छ । समाजमा व्यापक मानवीय कलंकको रुपमा रहेको भन्दै जातीय विभेद अन्त्य गर्ने उदेश्यले सोमबार सहभोज कार्यक्रम आयोजना गरिएको हो ।
सर्लाहीको हरिपुर नगरपालिका (७ स्थित मा न्ए ायगलमबतष्यल को आयोजनामा सम्पन्न भएको छ । जीपी फाउन्डेसन फाउन्डेसनका सभापति सुशील शर्माको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अतिथि एवं राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले जानकारी दिनुभयो ।
सहभोज कार्यक्रममा नेपाल मानव अधिकार संगठनका जिल्ला सभापति रजनीकान्त झा ,नागरिक समाजका महासचिव शिबचन्द्र चौधरी ,नेपाल ,मानव अधिकारकर्मी सुन्दर श्याम राय , शिक्षक लगायत बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागी अतिथि वक्ताहरुले समाजमा बिद्यमान रहिआएको जातीय असमानता विकासको बाधक रहेको भन्दै सबैजना मिली अनत्य गर्नु पर्नेमा जोड दिए ।