सप्तरीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरे रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ २३, बुधबार (४ साल अघि)
  • ६ पटक पढिएको
सप्तरीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरे रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास

सप्तरी(नवीन यादव, असार २२ गते

सप्तरीमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले राजविराज नगरपालिका–१० बिरौलमा स्थापना गरिएको प्रतिष्ठानको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सप्तरीमा सर्वाधिक ठूलो परियोजनाको स्थापनाले शिक्षा र स्वास्थ्य प्राप्त गर्ने स्थानको रूपमा विकास हुने बताउनु भएको छ ।

एक प्रदेश एक प्रतिष्ठान’ निर्माण गर्ने लक्ष्यअनुसार सप्तरीमा प्रतिष्ठानको शिलान्यास गरिएको बताउँदै प्रम ओलीले प्रतिष्ठान स्थापनाले प्रदेश नं २ र छिमेकी जिल्लाका साथै भारतीय नागरिक स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापनाले देखिने र लाभ हुने गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा नयाँ उचाइ कायम हुने विश्वास दिलाए ।

प्रतिष्ठानले रोजगारीको अवसर सिर्जना गर्नुको साथै आर्थिक क्रियाकलाप पनि बढ्ने बताउँदै प्रम ओलीले यसले प्रविधिको विकाससँगै विकासप्रति विश्वास बढाउने बताए ।

सोही कार्यक्रममा राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवले प्रतिष्ठानको शिलान्यास गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै ऐतिहासिक काम सम्पन्न गराउन नगरवासीको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रिपरिषद्को विसं २०७५ पुस १६ गतेको निर्णयले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो ।

जग्गा विवाद समाधान भई जेठ ३१ गते ६१ बिघा छ कट्टा जग्गा प्राप्त भएपछि शिलान्यासको कार्यक्रम अघि बढेको हो । कूल रु ११ अर्ब ९८ करोडको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र सम्पन्न हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा। रोहित पोखरेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस