पवन प्रसाद साह पर्सार असार २३ गते
तालुक प्रदेश नं। २ प्रहरी कार्यालय, जनकपुरको सूचना संयन्त्र तथा यस कार्यालयसमेतको टोली परिचालन भई गरिएको प्रहरी कारबाहीको क्रममा मिति २०७८।०३।२३ गते राति ००स्०५ बजे जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका, वडा नम्बर १९ मा बीरगञ्जबाट बहुअरी गाउँतर्फ जाँदैगरेका २ वटा ट्रयाक्टरलाई रोकी जाँच गर्ने क्रममा दुवै चालकहरू ट्रयाक्टर छोडी तत्काल फरार भएकोस दुईमध्ये ना।१ त। ७०४५ नं। को ट्रयाक्टरमा स्याउ ४,००० केजी र ना।४ त।८५६२ नं। को ट्रयाक्टरमा केराउ ६,००० केजी लोड गरिएको, सो को कुनै बिलबिजक नरहेको र उक्त मालसामानहरू भारततर्फ अवैधरूपमा निकासी गरी लाँदैगरेको भन्ने खुल्न आएकोले उल्लेखित ट्याक्टरहरू नियन्त्रणमा लिई स्याउ, केराउ र सवारीसाधनको रू।२२,६०,०००।– ९बाईस लाख साठ्ठी हजार० मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा पठाइएको व्यहोरा सूचित गरिन्छ ।
साथै भन्सार छली गरी अवैधरूपमा मालसामानहरू ट्रकमा लोड गरी लाँदैगरेको भन्ने सूचना प्राप्त भई मिति २०७८।०३।२२ गते अं।२२।१० बजे यस का। बाट खटिएको टोलीले जि। पर्सा बी।म।न।पा।८ घण्टाघरमा खुद्रा सामान बोकी बीरगञ्जबाट नारायणघाटतर्फ जाँदैगरेको जय बजरंग बली ट्रान्सपोर्टको ना २ ख ८६१७ नं।को ट्रकलाई रोकी जाँच गर्ने क्रममा चालक तत्काल फरार भएकोले उल्लेखित ट्रक नियन्त्रणमा लिई उक्त ट्रकमा भएका मालसामान तथा ट्रकको अन्दाजी मूल्य रू।२०,००,०००।(९बीस लाख० मूल्याङ्कन गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आज मिति २०७८।०३।२३ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल ले जानकारी दिनुभयो।