आरके श्रीवास्तव कटहरिया ।
रौतहट २३ असार । रौतहटको मौलापुर नगरपालिकाको एक दलित बस्तिका प्रत्येक घरमा पानी टंकी वितरण गरिएको छ । बुधबार एक कार्यक्रमकाबिच मौलापुर नगरपालिकाको मर्यादपुर र मौलापुर एकिकृत दलित बस्तिका रहेका प्रत्येक घरमा नगर प्रमुख रीना कुमारी साहले पानी टंकीका साथै मोटर वितरण गरेको मौलापुर नगरपालिकाले जनाएको छ । सो स्थानका प्रत्येक घरघरमा हैण्डपाइप समेत जडान गरि सकेकाले बस्तिमा खानेपानी समस्या पुर्ण रुपमा अन्त्य हुने विश्वास लिइएको नगर प्रमुख साहले बताउनु भयो । मौलापुरको मर्यादपुर र एकिकृत बस्तिमा लामो समयदेखि खानेपानीको अभाव रहेको थियो । बुधबार टंकीसहित मोटर वितरण भएपछि दीर्घकालिन पानीको समस्याको अन्त्य हुने स्थानियले बताएका छन । कार्यक्रममा नगर उपप्रमुख गौरी शंकर जयसवाल, जनप्रतिनिधि एवम् स्थानीय नेताहरुको सहभागीता रहेको थियो ।