आरके श्रीवास्तव । रौतहट । असार २४ गते
रौतहट जिल्लाको मौलापुर नगरपालिका पर्यटन गन्तव्यमाका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको मौलापुर नगरपालिका हो । मौलापुर स्थित पुरातात्विक महादेव मन्दिरसंगै जोडिएको पोखरी ९ताल० मा बुधबारदेखि डेङ्गी९बोट० सेवा सञ्चालनमा आएको हो । नगरप्रमुख रिना कुमारी साहले एक कार्यक्रमका बिच उदघाट गर्नु भएको थियो । बोट सञ्चालनमा आएपछि स्थानीयहरूको आकर्षणको केन्द्र बनेको छ । पर्यटक लाई कसरी आकर्षण गर्ने भन्ने लक्ष्यका साथ मौलापुर नगरपालिका अगाडि बढिरहेको छ । सोहि क्रममा हिजो बोट सञ्चालनमा ल्याईएको हो । बोट सञ्चालनमा आएपछि स्थानीयहरू हर्षित भएका छन् । बोट हेर्न आउने र चढेर घुम्नेहरूको भिडभाड बढेको छ । पर्यटकलाई आकर्षित गर्ने उदेश्यले बोट सञ्चालनमा ल्याईएको मेयर साहले प्रतिक्रिया दिनु भएको छ ।