आरके श्रीवास्तव । राैतहट । असार २४ गते
राैतहट जिल्लाकाे माैलापुर नगरपालिका पर्यटन गन्तव्यमाका लागि आकर्षणको केन्द्र बन्दै गएकाे छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रीय स्तरमा ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचुर सम्भावना बोकेकाे माैलापुर नगरपालिका हाे । मौलापुर स्थित पुरातात्विक महादेव मन्दिरसंगै जोडिएको पोखरी (ताल) मा बुधबारदेखि डेङ्गी(बोट) सेवा सञ्चालनमा आएको हाे । नगरप्रमुख रिना कुमारी साहले एक कार्यक्रमका बिच उदघाट गर्नु भएको थियाे । बाेट सञ्चालनमा आएपछि स्थानीयहरूकाे आकर्षणकाे केन्द्र बनेको छ । पर्यटक लाई कसरी आकर्षण गर्ने भन्ने लक्ष्यका साथ माैलापुर नगरपालिका अगाडि बढिरहेकाे छ । साेहि क्रममा हिजाे बाेट सञ्चालनमा ल्याईएकाे हाे । बाेट सञ्चालनमा आएपछि स्थानीयहरू हर्षित भएका छन् । बाेट हेर्न आउने र चढेर घुम्नेहरूकाे भिडभाड बढेकाे छ । पर्यटकलाई आकर्षित गर्ने उदेश्यले बाेट सञ्चालनमा ल्याईएकाे मेयर साहले प्रतिक्रिया दिनु भएको छ ।