राजिव शाह–सर्लाही,असार २४ गते
सर्लाही लालबन्दी नगरपालिका– १५ स्थित ग्राभेल निकालेको खाल्डो डुबेर एक पुरुषको मृत्यु भएको छ । बिहीवार बिहान सर्लाही बागमती नगरपालिका–३घर भई हाल लालबन्दी ज्याला गर्दै आएका ५० बर्षका बिर बहादुर वाइबाको ज्यान गएको प्रहरीले जनाएको छ । चौरीमा पहिला देखी ग्राभेल निकालिएको ७÷८ फिट गहिरो खाल्डो डुबेको अवस्थामा वाइवाको मृत शरीर देखिए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्ररम्भिक अनुसन्धान गरी शबलाई जिल्ला अस्पताल मलंगवामा पोस्टमार्टमका पठाइएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । जिल्लामा विकासको लागि ठेक्क्दारहरु जथाभावी रुपमा खाल्डो बनाएर अलपत्र छोड्दा डुबेर मृत्युु हुने घटना बढ्दो छ ।