उपेन्द्र गोले रौतहट । असार २५ गते
रौतहटको चन्द्रनिगहपुर अस्पतालमा शुक्रबार बिहानबाट खोप लगाउनेहरुको भिड लागेको छ । मुलुकभर असार २२ गतेबाट भेरोसेलको पहिलो खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप लगाएको भएतापनि रौतहटमा भने आजबाट ३ दिन खोप लगाउने जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । शुक्रबार बिहानबाट चन्द्रपुर नगरपालिकास्थित चन्द्रनिगाहपुर अस्पतालमा खोप लगाउनेहरुको भिड लागेको छ । रौतहटका ६ स्थानबाट कोरोना बिरुद्धको भेरोसेल खोपको दोस्रो डोज शुक्रबार बिहानबाट लगाउदै छन । भेरोसेलको पहिलो खोप लगाउनु भएका नागरिकहरुलाई दोस्रो खोप लगाउने जिल्ला स्वास्थ्य कार्यालय गौर रौतहटले जनाएको छ । पहिलो खोप लगाएका नागरिकहरुलाई रौतहटको चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुर कटहरिया सस्थ्य केन्द्र , पतौरा प्राथमिक स्वास्थ्य केन्द्र , गंगापिप्रा प्राथमिक स्वास्थ्य केन्द्र , राजपुर प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालय गौरका खोप केन्द्रहरुले लगाइरहेका छन दोस्रो खोप लगाउन आउदा पहिलो खोप लगाइएको खोप कार्ड अनिवार्य ल्याउनु कटहरिया स्वास्थ्य केन्द्रले जनाएको छ ।