कृष्णा तिवारी । रौतहट । असार २५ गते
रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका प्रधानाध्यापकहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । आज शुक्रवार नगरपालिकाको कार्यालयमा पुगि विधालयका शिक्षकहरुले निम्ति प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहलाइ बुझाएका हुन् । पत्रमा फतुवाविजयपुर नगरपालिका अन्तर्गतको सामुदायिक प्राप्त बजेटहरु मध्ये हाल कुन कुन शिर्षक अन्तर्गतका शिर्षकगत कार्यक्रमहरु संचालन भएको नभएको सो सन्दर्भमा यदि भएको भए बुँदागत रुपमा लिखित पत्र प्रमाणित गरि उपलब्ध गराइदिनु हुन तथा खर्च हुन नसकेका शिर्षकगत बजेट सन्दर्भमा कारण सहित सोको जानकारी गराइदिनु हुन अनुरोध गरिएको छ । साथै शिर्षकगतका रकमहरु ३ दिन भित्र विधालयहरुको खातामा पठाइदिनु हुनका लागि सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सो पत्रमा विधालयहरुले पाउनु पर्ने सेवा सुविधाहरु मध्ये १५ वटा बुँदामा उल्लेख गरिएको छ । पत्रमा आधारभूत तअ ,मावि तहका कार्यरक्त शिक्षकहरुको तलब भता,बालविकास शिक्षकको तलब,विधालय कर्मचारीहरुको तलब, आ।वि। वा मावि अनुदान,छात्रवृति पाठयपुस्त,मसलन्द,एसआइपि,स्नेटरी पैड,बाँकि दिवा खाजा कार्यवापतको रकम,बैकल्पिक शिक्षा तथा अनौपचारिक शिक्षा,बुक कर्नर,बालविका अनुदान,लेखापरिक्षण खर्च,सेनेटरी पैड सामुदायिक विधालयहरुमा निशुल्क वितरण गर्नुपर्ने,मलेप फा।न। १८ बाट मौज्दात राखिएको आ।व। २०७६।७६ र ०७६।७७ अन्तर्गत शिक्षक तथा बालविकास विधालय कर्मचारीहरुको तलब भता ,इएमआएस अपडेट भए अनुसारको विधालयगत रकम निकासा भएको वा नभएको जानकारी सम्बन्धमा,भर्चुअल कक्षा संचालनका लागि विधालयहरुमा नेट जडानका लागि खर्च निकासा,नगरस्तरीय कक्षा र परीक्षा संचालन व्यवस्थापन खर्च,भौतिक पूर्वाधार कार्यक्रम अन्र्तगतका रकमहरु,पुस्तकालय व्यवस्थापन,विज्ञान प्रयोगशाला तथा आइसिटि वापतका रकमहरु,आ।व। २०७७।७८ मा हाल निकासा भएका रकमहरुको विधालयगत निकासा विवरण जानकारी गराउन पत्रमा उल्लेख रहेको श्री सरस्वती प्रावि फतुवाका प्रअ एवम् पूर्व शिक्षा सह संयोजक सुबोध यादवले जानकारी गराउनु भयो । ज्ञापनपत्रमा सो नगरपालिका अन्तर्गतका विधालयहरुको प्रअहरुको हस्ताक्षर रहेको छ । पत्रमा मावि टेंग्राहाका प्रअ अनिल यादव,मावि पेटभरवाका प्रअ सहितका प्रअहरुको हस्ताक्षर रहेको छ ।