रौशन चौधरी । रौतहट । असार २६ गते
रौहटमा करेन्टले एक जनाको अझै ज्यान लिएको छ । जिल्लाको राजपुर नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सो नगरपालिकाको वडा नम्बर ३ डमार टोल निवासी ओसी महम्दको छोरा वर्ष १४ को रिजमान महम्द तेलीको मृत्युु भएको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको हो । आज शनिबार दिउँसो मोटर बाट साईकिल धुने क्रममा करेन्ट लागेर तेलीको मृत्यु भएको ईप्रका राजपुरका सई सुरेश गुप्ताले जानकारी दिनु भयो । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय रौतहटमा करेन्ट लागेर ज्यान जानेको संख्या बढेको देखिएको छ । त्यसैले बिधुत भएको सामानहरू चलाउँदा सतर्कता अपनाउनु पर्ने देखिन्छ ।