उपेन्द्र गोले रौतहट । असार २७ गते
रौतहटको राजदेवी नगरपालिकाबाट लागु औषध अफिमको चोपसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको राजदेवी नगरपालिकाको वडा नम्बर ३ चण्डिया गाउको भित्रि सडकखण्डमा चेकजाच गर्दा बा ६० प ५३५ नम्बर को २२० सिसिको पल्सर मोटरसाइकलमा सवार २ जनाको साथबाट अफिमको चोप फेला परेकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा प्रहरी चौकी ब्रम्हपुरी बसतपुरको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी जनाएको छ । मोटरसाइकल चालक मकवानपुरको मकवानपुर गढी २ का ३२ बर्षिय अनिल लामा र सोही मोटरसाइकलमा पछाडी सवार मकवानपुरको बकैयाँ गाउँपालिका वडा नं।६ का ३५ बर्षिय सुकलाल वाईबा समेतलाई चेकजाँच गर्दा सुकलाल वाईबाको साथबाट १ किलो शंकास्पद कालो पदार्थ लागु औषध अफिमको चोप फेला परेको हो । मोटरसाईकल सहित पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिइ ५ दिनको म्याद थप गरि न्यायिक हिरासतमा राखि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।