धर्मेन्द्र कुमार यादव( महोत्तरी,२७
बेपत्ता भएको करिब ४० दिनपछि महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको कंकाल फेला परेको छ।
आइतबार बिहान आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेप्टिक ट्यांकीमा सुजिताको शव फेला परेको हो।
गत जेठ १९ गते रातिदेखि बेपत्ता सुजिताको शवको अवशेष ९कपाल, चुरा, कपडा० घरभन्दा एक किलोमिटर पर खेतमा गाडेको अवस्थामा असार १३ गते प्रहरीले फेला पारेको थियो। शव फेला पार्न नसक्नु प्रहरीका लागि ठूलो टाउको दुखाइ बनेको थियो।
संघीय, प्रदेश र जिल्ला प्रहरीको व्यापक खोजतलासपश्चात प्रहरीले सडेको अवस्थामा शव फेला पारेको हो।
पक्राउ परेकाहरुले सुजितालाई शौचालयको सेप्टिक ट्यांकीमा गाडेको स्वीकार गरेपछि खोजबिन भएको महोत्तरी प्रहरीको भनाइ छ।
लामो समयको मिहिनेत र अनुसन्धानपछि कंकाल फेला परेको महोत्तरी प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सुजिताको शव शौचालयको सेप्टिक ट्यांकीमुनि करिब १५ फिट गहिरो खाल्डो खनेर गाडिएको थियो। शव लुकाउन माथिबाट प्लास्टरसमेत गरिएको बताइएको छ ।
कंकालको अवस्था हेर्दा सुजिताकै रहेको प्रहरीले जनाएको छ। यद्यपि बाँकी कुरा पोस्टमार्टमबाट खुल्ने महोत्तरी प्रहरीको भनाइ छ।