युवालाई जोश र जाँगरले भरिएको व्यक्ति मानिन्छ । युवामा रहेको जोश र जाँगरको सही दिशामा परिचालन हुन सक्यो भने समाज अगाडि बढ्न सक्छ । समाज बदलिने जिम्मा नै युवाहरुको काँधमा रहेको हुन्छ भनेर सम्भवतः युवामा हुने जोश र जाँगरलाई देखेर नै भनिएको हुनुपर्छ ।
कुनै पनि काम गर्न युवामा सक्षमता अर्थात् दक्षता हुनु आवश्यक छ । युवामा हुने दक्षताले उसको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ । उसमाथि आश्रित मानिसको पनि जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ । र, समाजमा पनि सकारात्मक परिवर्तन आउन सफल हुन सक्छ । यस कारण युवाहरुमा भने दक्षता आवश्यक छ ।
युवाहरुमा कस्तो दक्षता हुने रु यसमा दुई प्रकारले विचार गरिनु आवश्यक छ । समाजको आवश्यकता र युवाको आफ्नो रुचि । यी दुईको सन्तुलन हुन सक्यो भने समाजलाई दीर्घकालीन फाइदा हुने हुन्छ । यदि युवाहरुले आफ्नो रुचिलाई चिनेर आफूलाई आफ्नो रुचिकै क्षेत्रमा सक्षम बनाउन सके भने समाजको सकारात्मक प्रगति हुने कुरामा दुई मत रहेको छैन । तर युवाहरुले पहिले आफूलाई नै चिन्नु परेको छ । म कुन क्षेत्रमा दक्ष बन्न सक्छु भन्ने कुरो सबैभन्दा बढी आफूलाई नै थाहा हुन्छ । यसै गरी समाजको आवश्यकतालाई पनि युवाहरुले विचार गर्नु आवश्यक हुन्छ । समाजको आवश्यकता कस्तो रहेको छ र अहिलेको भन्दा भोलि झन् कुन कुराले बढी बजार पाउने हुन्छ रु यस प्रकारको विचार पु¥याउनु आवश्यक हुन्छ ।
अहिलेका युवा पहिलेकाभन्दा धेरै मिहिनेती यस कारण पनि रहेका छन् कि बजारमा अहिले हरेक क्षेत्रमा कडा प्रतिस्पर्धा रहेको बुझेका छन् । जसले प्रतिस्पर्धा गर्ने आँट राखेका छन्, उसले सफल कसरी बन्ने भन्ने कुरो पनि बुझेका छन् । प्रतिस्पर्धालाई बुझ्दै नबुझ्ने युवामा दुई किसिमको कमजोरी रहेको पाइन्छ । पहिलो कमजोरी यो हो कि ऊ आफूमा दक्षता ल्याउनै चाहँदैन र जो दक्ष छैन ऊ प्रतिस्पर्धामा कदापि अगाडि आउन सक्दैन । अर्को कमजोरी यो हो कि पैतृक सम्पत्तिमा अल्झन चाहन्छ । हो, बुबाको धेरै सम्पत्ति छ र उक्त सम्पत्ति म यत्तिकै पाइहाल्छु जसबाट आफूलाई कुनै कमी नै हुँदैन भन्ने सोच राख्नेले प्रतिस्पर्धालाई केही बुझ्दैनन् ।
कतिलयले अरुको नक्कल गर्न चाहेर पनि आफूलाई चिन्न सक्दैनन् । वास्तवमा हरेक मानिस विशिष्ट छन् र आफ्नो विशिष्टताले नै उसलाई अरुभन्दा फरक बनाएको हो वा बनाउन सक्छ भन्ने कुरो बुझेर हरेक युवाले आफूमा रहेको दक्षतालाई पहिचान गर्नुपर्दछ । आज विश्व युवा दक्षता दिवसको दिन हामी हरेक युवाले आफू कसरी दक्ष हुने हो भन्ने कुरो बुझ्नु आवश्यक रहेको छ ।