रौतहट प्रहरीले फरार प्रतिवादीलाइ गर्यो पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ३१, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
रौतहट प्रहरीले फरार प्रतिवादीलाइ गर्यो पक्राउ


आरके श्रीवास्तव । रौतहट । असार ३० गते
रौतहट प्रहरीले फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । आपराधिक लाभ सम्वन्धि कसूर मुद्दामा फरार प्रतिवादी चन्द्रपुर प्रहरीले पक्रेको थियो । पक्राउ पर्नेमा जिल्ला रौतहट गरुडा नगरपालिका वडा नम्बर १ वस्ने बलरु भन्ने शेख हविवको छोरा बर्ष २५ को शेख सदरे आलम रहेको प्रहरीले जनाएको छ । आलमलाई इप्रका बाट खटेको प्रहरी टोलीले २०७८ असार २५ गते जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ५ तल्लो बजारमा फेला पारी पक्राउ गरेको थियो । आलमलाइ पक्राउ गरी सम्मानित रौतहट जिल्ला अदालतमा पेश हुँदा मिति २०७८ असार ३० गते पुर्पक्षको लागि कारागार कार्यालय गौर रौतहटको थुनामा पठाएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस