वर्तमानकाल दैनिक रौतहट असार ३० गते
चन्द्रपुरमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र बाल बिवाह अन्त्य सम्बन्धि पत्रकारहरु संग पैरवी कार्यशाला सम्पन्न भएको छ । आड्रा र युएनएफपीए नेपालको सहकार्यमा सो कार्यशाला होटेल अल्पाईनको सभाहलमा सम्पन्न भएको हो । सो कार्यशालामा हेल्थटुडेका सम्पादक पदमराज जोशी ले सहजीकरण गर्नु भएको थियो । कार्यशालामा बोल्दै उहाले संचारकर्मीहरुले स्वास्थ सम्बन्धि समाचार तयार गर्दा सम्बेदनसिलता र मजबुत स्रोत प्रयोग गर्न सुझाउनु भयो । सो कार्यक्रममा किशोर(किशोरी यौन तथा प्रजनन स्वास्थ्य र बाल बिवाह स्थानीयको अनुभवको बारेमा पत्रकार फणि महतले प्रस्तुत गर्नु भयो । कार्यशालामा उपस्थित संचारकर्मीहरुले यौन तथा प्रजनन स्वास्थ्य र बाल बिवाह लगायत विभिन्न स्वास्थ्य सम्बन्धि समाचारमुलक सामाग्री प्रस्तुत गर्ने मेडिया प्लान जारि गरेका छन् । सो समाचारमुलक सामाग्री प्रस्तुत गर्ने समय १ महिनाको अवधि राखिएको छ । कार्यक्रममा आड्रा प्रोजेक्ट अफिसर निर्मल कुश्वाहा, आड्रा सिनियर प्रोजेक्ट अफिसर राजीव यादव,हेल्थटुडेका सम्पादक पदमराज जोशी,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी,
प्रदेश सदस्य सैलेन्द्र शैलेन्द्र झा,जिल्ला अध्यक्ष प्रेमचन्द्र झा लगायत बिभिन्न संचार माध्यममा आवद्ध करीव २० जना संचारकर्मि सहभागीता रहेको थियो ।