राजिव शाह सर्लाही, असार ३१ गते
वास पहुँचमा समाबेसी सहभागिता गर्ने उदेश्यले सर्लाहीको पर्सा गाउँपालिका(३ कबिलासीमा पुर्ण सरसफाइ उन्मुख नमुना बस्ती निर्माण गर्ने भएको छ । अपाङ्ग दलित महिला समुहको सक्रियता तथा ग्रामिण नारी उत्थान संघ सहजीकरण एसएनभी नेपालको सहयोगमा पर्सा गाउँपालिका(३ कबिलासीमा वास पहुँचमा दलित महिला समुहको सक्रियता बढेको पुर्ण सरसफाइ उन्मुख नमुना बस्तीको अध्यक्ष सितादेबी महराले बताइन् । पर्सा(३ उक्त बस्तीमा ७२ घर र १३ जातजाति समुदायको बसोबास रहेको छ ।
कार्यक्रमलाई प्रभावकारी बनाउन ग्रामीण नारी उत्थान संघ र एसएनभी नेपालले एक वास सुपरभाइजर सहित स्वयंसेवकहरु मार्फत स्थानियलाई सहयोग गर्दै आएको छ ।
कोरोना भाइरसले पछिल्लो पटक हात धुने बानीको विकासका साथै सरसफाइ लगायत स्वच्छ पानी पिउनु पर्छ भन्ने जनचेतनाको विकास भएको कार्यपालिका सदस्य रामदुलारी शर्माले बताइन् । अहिले समुहको सक्रियतामा बाटो दैनिक हात धुने बानीका साथै सरसफाइमा बाकी समयको सदुपयोग गर्दै आएको वास सुपरभाइजर अजय कुमार चौधरीले बताए ।
बिहिवार एसएनभी नेपाललको जिल्ला संयोजक अम्बिका यादवको नेतृत्वमा बिहिवार सहजीकरण गरिएको छ ।
संस्थाले गरेको काम प्रगति सुझाव संकलन गरिएको छ ।
साथै सर्लाहीको पर्सामा निर्माण गरिएको अपंगता
समावेशी शौचालय तथा खानेपानी सुविधा सुधार निमार्ण योजनाको एसएनभी नेपाल वास इन्जिनियर शोभा केसीलेले अनुगमन गर्नु भएको छ ।
डिफाईड अष्टेलीया, वाटर फर ओमेन, र एस एन भि नेपालको आर्थिक सहयोग, ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजिकरण तथा पर्सा गाउँपालिकाको सहकार्यमा संचालित कोभिड(१९ नविन्तम प्रयास कार्यक्रम अन्तर्गत समावेशी शौचालय निमार्ण कार्यमा किरण निमार्ण सेवाको सहकार्यमा पर्सा गाउँ पालिको वडा नं। ५ पर्सा स्वास्थ्य चौकी र २ स्थित संग्रामपुर स्वास्थ्य चौकीमा अपागंता समावेशी शौचालय निमार्ण कार्य सम्पन्न पश्चात गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । समावेशी शौचालय तथा खानेपानी सुविधा सुधार निमार्ण योजनाले सेवा लिन आउने सेवाग्राहीलाई समावेशी शौचालय तथा खानेपानिमा सहज पहुँच पुगोस भन्ने उद्देश्यले समावेशी शौचालय निमार्ण गरीएको हो ।
पर्सामा गाउँपालिका कार्यालयमा स्थापना गरिएको अपंगता सहायता कक्षबाट प्रदान गर्दै आएको सेवा सुबिधा बारे जानकारी लिएका थिए ।