आरके श्रीवास्तव । रौतहट । श्रावण ०१ गते
रौतहट जिल्लामा नेपाली काँग्रेसका एक यूवा नेता विधायक प्रत्यासीको निधन भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ ख का विधायक प्रत्यासी रामअज्ञा यादवको निधन भएको हो । यादव वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी टोलका स्थायी निवासी हुन् । सेन्ट्रल अस्पताल भरतपुरमा उपचारको क्रममा यादवको निधन भएको वृन्दावन वडा नम्बर ८ का वडाध्यक्ष दिनानाथ मतहोले जानकारी गराउनु भयो । लामो समय देखि क्यान्सर रोग बाट पिडित यादवको शुक्रवार बेलुका निधन भएको महतोले बताए । विधालयक प्रत्यासी यादवको निधनले नेपाली काँग्रेसलाइ अपूरणीय एवम् अकल्पनिय क्षती भएको वृन्दावन नपाका मेयर रामस्नेही यादवले प्रतिक्रिया दिनु भएको छ । दिवंगत आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारजनमा धैर्य धारणको कामना साथ संवेदा प्रकट गरिएको छ । मृतक यादवको शवलाइ भरतपुर बाट गृह गाउँ बहुअरी ल्याउन लागिएको वडाध्यक्ष यादवले बताए । भोली शनिवार अन्तयेठि हुने दिन केिन्द्रय स्तरका नेपाली काँग्रेका नेताको सहभागिता रह्ने यादवले बताए ।