धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छ्लफल सम्पन्न ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण २, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छ्लफल सम्पन्न ।


राजिव शाह सर्लाह, साउन ०१ गते

परम्परा हानिकारक अभ्यासहरु न्यूनीकरणका लागि धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छ्लफल हरिपुरमा शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय अन्तरधार्मिक संजाल ९निरन० नेपाल ललितपुरको आयोजनामा अन्तरधार्मिक संजाल हरिपुर नगर स्तरिय अध्यक्ष अजय कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दु ,क्रिश्चियन,इस्लाम धार्मिक अगुवा बिच सम्बाद गरिएको हो ।
परम्परा हानिकारक अभ्यासहरु न्यूनीकरणका लागि धार्मिक अगुवा र जनप्रतिनिधि बिच सहकार्य सम्बन्धि छ्लफल
कार्यक्रममा सर्लाही हरिपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका धार्मिक अगुवाहरुले बाल विवाह ,दहेज प्रथा, महिलाहिंसा, छुवाछूतको बारेमा बिचार प्रस्तुत गरेका थिए ।
बाल विवाह,दहेज प्रथा न्यूनीकरणमा धार्मिक अगुवाहरुको भुमिका महत्वपूर्ण भएको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले जोड दिए । कार्यक्रममा हरिपुर नगरपालिका समाजिक विकास शाखा प्रमुख बिनय पौडेल,हरिपुर(वडा अध्यक्ष हिरकेश कडरिया ८( का वडा अध्यक्ष हरिबहादुर थापा निरन नेपालका कार्यक्रम अफिसर आशिष चौधरी लगायत स्थानिय धर्मगुरुहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको अध्यक्ष अजय कुमार चौधरीलेले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस