आरके श्रीवास्तव । रौतहट । श्रावण ०२ गते
चार विशिष्ट सामाजिक गुण भएका स्वर्गीय दरबारी राउतको तेह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष धर्मेन्द्रकुमार सिंहको बुबा दरबारी राउतको आज तेह्रौँ पुण्यतिथिमा जिल्लाको विभिन्न व्यक्तित्वहरू द्वारा श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको थियो । स्थानीयका अनुसार स्वर्गीय राउतमा चार विशिष्ट सामाजिक गुण रहेको थियो । उहाँ कम्मरको दर्द फुकेर उपचार गर्नु हुन्थ्यो । उहाँ सुत्केरीमा हुने थनैल र गाईभैंसीले दूध नदिँदा हुने समस्यालाई सम्बन्धित व्यक्ति तथा पशुधनको नजिक नपुगीकन मोबाइलबाटै देश र विदेशसम्म पनि उपचार गरिदिनु हुन्थ्यो । भकारीको माटो हातमा लिन लगाउनु हुन्थ्यो र आफू भएकै ठाउँबाट मन्त्रोच्चारण गरेर यसरी गर्नुहोस् भनेर मोबाइलबाटै सिकाउनु हुन्थ्यो । समस्याको समाधान हुन्थ्यो । दिनहुँ नजिकको गाउँको आसपासबाट मानिस उहाँलाई भेट्न आउने तथा मोबाइलमा सम्पर्क गर्न आउने हुन्थे । यसरी हरेक दिन चार पाँच जनाको दरले समस्यापीडितलाई सेवा दिनु हुन्थ्यो । अर्को, उहाँ जीवित इतिहास हुनु हुन्थ्यो । आफ्नो आसपासको इतिहास तथा संस्कृतिको बारेमा आधिकारिक जानकारी दिनु हुन्थ्यो ।
असमयमै कीर्तिशेष हुँदा समाजलाई अपूरणीय क्षति भएको छ । तेह्रौँ पुण्यतिथिको अवसरमा मौलापुर नगरप्रमुख रिना कुमारी साह,प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह, रेडक्रस सोसाईटिका सभापति संजिव मल्लिक,साहित्यकार संजय साह मित्र सहित दर्जनौं हस्तीहरूको उपस्थिति रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटका अध्यक्ष धर्मेन्द्रकुमार सिंहले जानकारी गराउनु भएको हो ।