उपेन्द्र गोले रौतहट । साउन २ गते
रौतहटमा भारतीय सवारीमा कडाई गरेको छ । पछिल्लो समय रौतहटमा भारतीय सवारी साधनहरु विना इजाजत खुलेयाम आवतजावत गर्ने गरेको र सवारी दुर्घटना गरि फरार हुने कार्य बढेकाले त्यसको न्युनिकरणका लागी भारतीय नम्बर प्लेटका सवारी साधनहरुमा कडाई गर्नु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख ज्ञान बहादुर माझीले बताउनु भयो । इजाजत विनाका भारतीय नम्बर प्लेटका सवारी साधनहरुको प्रयोग गरि विभिन्न अपराधिक कार्यहरुको समेत बढ्दै गएकाले साउन १ गतेबाट कडाई गरेको माझीले बताउनु भयो । भन्सार छलेर निर्वाध रुपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले असार १ गतेबाट नियन्त्रणमा लिन थालेको हो । शुक्रबार चन्द्रपुर आसपासबाट २५ वटा भारतिय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । भन्सार छलेर निर्वाध रुपमा चलिरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनहरुलाई नियन्त्रण लिइ भन्सार बुझाउने तयारी गरिरहेको जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक ज्ञान बहादुर माझीका अनुसार सुरुमा केही दिन भारतीय नम्बर प्लेटका सवारी साधनहरु नचालउन स्थानीय रेडियोहरुबाट सुचना प्रशारण गरेर , माइकिङ्ग गरेर सर्वसाधरणलाई जानकारी दिएको थियो । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई छोडिदिन नेता तथा जनप्रतिनिधीहरुको सिफारिस आउन सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।