उर्मिला यादव यात्री साउन २ गते
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ रेहरा टोलमा लालचन्द केवटको संयोजकत्वमा २१ सदस्यिय वडा समिति गठन गरीएको छ । जसको उपाध्यक्षमा ज्ञानु थारू , सचिवमा मोहन हरिजन , सहसचिवमा राम नरेश केवट र कोषाध्यक्षमा जितेन्द्र केवट रहनु भएको छ । यस्तै गरी सदस्यमा धुरुप कहार र बिमलावती हरिजन रहनु भएको छ । जनमत पार्टी थारु आदिवासी जनजाति केन्द्रिय उपाध्यक्ष निलु चौधरीको अध्यक्षता तथा जनमत पार्टी जिल्ला वरिष्ठ सल्लाहकार एवम जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीको प्रमुख आथित्यतामा समिती गठन गरीएको छ ।
कार्यक्रममा जनमत पार्टी रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीले बोल्दै धेरै पार्टीले देशको जनता लाई झुटो आश्वासन दिँदै आएको र मधेशका जनता अहिले सम्म पनि आफ्नो हक अधिकार नपाएको गुनासो गर्नु भएको थियो । उहाले अब मधेशमा जनमत पार्टी डा।सिके राउत बाहेक कुनै विकल्प नरहेको समेत दाबी गर्नु भएको छ ।चौधरीले ७० वर्ष देखि पालैपालो सबै पार्टी सरकार बनाउँदै आएको तर मधेसी जनताको हक अधिकारको लागी आवाज उठाउने राजेन्द्र महतो उपेन्द्र यादव लगायतका नेताहरुको मुख शासकवर्गहरुले कुर्सी र पैसाबाट थुन्दिएको आरोप लगाउनु भएको छ । उहाले अब आउने दिनहरुमा यस्ता विकाउ नेताहरुको मधेशमा कुनै स्थान नरहेको पनि जनमत पार्टीको दाबी रहेको जोड दिनु भएको छ ।
कार्यक्रममा जिल्ला सदस्य चन्द कुमार सिंह ,क्षेत्रीय इन्चार्ज सबिता चौधरी , वडाअध्यक्ष राजु गुप्ता, कर्दावान चौधरी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो भने दामोदर चौधरीले कार्यक्रम संचालक गर्नु भएको थियो।