आरके श्रीवास्तव । रौतहट । श्रावण ०३ गते
रौतहट सदरमुकाम गौरमा मिडियाकर्मीहरू सँग लैङ्गकि हिंसा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । ईस्लामिक रिलिफ नेपाल र क्यानाडा तथा आरडिसि नेपालको संयुक्त समन्वय र सहकार्यमा सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाले पनि सहकार्य गरेको थियोे । गौर स्थित होटेल साईमनमा सो कार्यक्रम आयोजन गरिएको थियो । अभिमूखिकरण कार्यक्रमको उदघाटन आरडिसि नेपालका अध्यक्ष पारस हुसैन,नेपाल पत्रकार महासंघ प्रदेश २ का शैलेन्द्र झा र नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले मैनबती जलाएर संयुक्त रूपमा गर्नु भएको थियोे । कार्यक्रमको अध्यक्षता पारस हुसैनले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा नेपाल पत्रकार महासंघ प्रदेश २ का शैलेन्द्र झा रह्नु भएको थियोे । कार्यक्रममा लैंगिक हिंसा सम्बन्धि छलफल गरिएको थियो । लैङ्गकि हिंसा न्यूनीकरण को लागि मिडियाकर्मीहरूको भूमिका बारे छलफल गरिएको थियो । मिडियाकर्मीहरूले गर्न नहुने तथा पत्रकार अचार संहिताको बारेमा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले प्रष्ट पार्नु भएको थियो । लैङ्गकि हिंसा अन्तर्गत के के कुराहरू पर्दछन् यसबारे पत्रकार धर्मेन्द्र कुमार साहले जानकारी गराउनु भएको थियो । सो अवसरमा जिल्लाका विभिन्न मिडियामा आबद्ध संचारकर्मीहरूको सहभागीता रहेको थियो ।