राजेन्द्र महतो लहान साउन ४ गते ।
सिरहामा लागु औषध सहित प्रहरी ले एक जनालाई पक्राउ गरेका छन।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका( ५ का २२ वर्षिय दुखी सिंह रहेका छ्न।
प्रहरी चौकी हरकटीबाट खटिएको प्रहरी टोलीले औरही गाउँपालिका (१ दरहिया स्थित चेक जाँच
गर्ने क्रममा ज ३ प २६६६नम्बरको मोटर साइकल मा सवार गोलबजार नगरपालिका(५ का २२ वर्षिय दुखी सिंहको साथबाट नाईट्रोभेट ट्याब्लेट १२० पिस सहित बरामद गरि पक्राउ गरेको हो।
पक्राउ परेका सिह र उनी सवार मोटरसाइकल लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।