उपेन्द्र गोले रौतहट । साउन ४ गते
रौतहटको देवाही गोनाहीको २ ओटामा बालपोषण भत्ता र बृद्ध भत्ता वितरणमा विभेद गरेको भन्दै विवाद सिर्जना भएको छ । देवाही गोनाही नगरपालिकाले नगरका वडा नम्बर १ देखि ७ नम्बर वडाका नागरिकहरुको बालपोषण र बृद्ध भत्ता गत साउन १ गतेबाट ७ गतेभित्र वितरण गरि सक्ने गरि वितरण गरिरहेको छ । तर सोही नगरपालिकाको वडा नम्बर ८ र ९ का नागरिकहरुले आफ्नो वडामा पनि भत्ता वितरण गर्नु पर्ने माग गर्दै सोमबार नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन । नगरपालिकाकोे कार्यालय परिसरमा वडा नम्बर ८ र ९ नम्बर वडाका नागरिकहरुले घेराउ गरेका छन । स्थानिय र जनप्रतिनिधि बिच छलफलपछि बाकी वडामा पनि तत्काल सो भत्ता वितरण गर्ने भएपछि स्थिति सामान्य भएको स्थानियले बताएका छन ।