रौशन चौधरी रौतहट, साउन ४ गते
रौतहटको गरुडामा एक १५ बर्षिय बालिकाले आत्माहत्या गरेका छन । गरुडा नगरपालकाको वडा नम्बर ८ जिगडियाका १५ बर्षिय बालिका रेखा कुमारी साहले सोमबार बिहान आफ्नो घरमा झुण्डिएर आत्माहत्या गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव निरक्षिक श्रीराम भण्डारीले जानकारी दिनु भयो । घरमा कोही नभएको अबस्थामा बिहान आफु सुत्ने कोठाको बलोमा सलले घाटीमा पासो लगाई साहल् आत्माहत्याको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगी प्रहरीले शवको आवश्यक जाच गरि घटनाबारे थप आवश्यक अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।