उपेन्द्र गोले रौतहट साउन ४ गते
रौतहटको चन्द्रपुर नगरपालिकाको अति विपन्न नहर डिलमा बसोबास गर्दै आएका ३० परिवारलाई एक महिला समुहले राहत वितरण गरेकोे छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ मा सञ्चलान रहेको उज्यालो कृषि महिला समुहको आयोजनामा चन्द्रपुर—६ मा रहेका समाजसेवी सक्रिय समुहको पहलमा नगरपालिकाको वडा नम्बर ६ स्थित नहरको डिलमा बसोबास गर्दै आएका गरिब विपन्न ३० घर परिवारलाई सोमबार एक कार्यक्रमकाबिच राहत वितरण गरिएको स्थानिय अभियानता बलिराम चौधरीले बताउनु भयो । ३० परिवारलाई वितरण गरिएको राहतमा १ बोरा चामल, तेल , नुन , सावुन मसला लगायतका खाद्यान्न वितरण गरेको संस्थाले जनाएको छ ।