दिपेन्द्र रजक । श्रावण ०५ गते
रौतहटको पेटभरवाका मदन बैठाको मलेसियामा कम्पनीको लापरबाहीका कारण मृत्यु भएको दुस्खद खबर छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिका वार्ड नम्बर ६ पेटभर्वा निवासि अकल बैठाको छोरा ३३ बर्षिय बैठाको मलेसियामा अचानक मूत्यु भएको छ ।
सोमबार करिब साझ ५ बजेको समयमा आचानक पेट दुखेको र त्यही काम गरि रहेका साथिहरु काम्पनी बाट एम्बुलेन्स उप्लब्ध गराई दिन र सहयोग गरिदिन कम्पनी लाई हारगुहार गरे पनि कम्पनि कुनै वास्ता न गरेको त्यहाँ कार्यरत नेपाली कामदारहरूले बताएका छन् । अवस्था गम्भिर भए पछि अचानक मूत्यु भएको बैठा सँगै काम गर्ने कामदार भरत साहले जानकारि दिनुभयो ।
मदन करिब ४ वर्ष अगाडि याका म्यन्पावर काठमान्डौ बाट वाई एस ईन्डष्ट्रिज बिएचडि कम्पनिमा काम गर्न गएका थिए । कम्पनिको लापरबाही कारण बैठाको मित्यु भएको परिवारीक स्रोतले बताएको हो । मृतकको शवलाई छिटोभन्दा छिटो नेपाल ल्याईदिन सम्बन्धि निकाय सँग परिवारजनले माग गरेको हो । मृतक बैठाको एक श्रीमती र २ वटा छोराहरू रहेका छन ।