चन्द्रनिगाहपुरमा सिल ड्युको बोतलभित्र प्लाष्टिक फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ६, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
चन्द्रनिगाहपुरमा सिल ड्युको बोतलभित्र प्लाष्टिक फेला


उपेन्द्र गोले,रौतहट ५ साउन ।
चन्द्रनिगाहपुरको एक भोजानालयमा पिय पदार्थको बोतलभित्र प्लाष्टिक भेटिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ मा सञ्चालित कामना साहाकारी भोजानालयमा गर्मी भएपछि चिसो खान सो भोजानालयमा ड्यु २५० मिलिलिटरको पिउन खोज्दा बोतलभित्र अखाध्य बस्तु प्लाष्टिक भेटिएको नेविसंघ जनज्योती बहुमुखी क्याम्पसका सभापति संगम श्रेष्ठले बताउनु भयो । गर्मी मौसममा ग्राहकहरुको अत्याधिक रोजाईमा पर्ने ड्यु सिल अबस्थामा पिय पदार्थसँगै प्लाष्टिक मिसावट हुनुले आम नागरिकहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने श्रेष्ठसँगै पुगेका प्रल्लाद मैनालीले बताउनु भयो । हाल मुलुकभर अत्याधिक खरिद हुदै आएको पिय पदार्थ ड्युको बोतलभित्र प्लाष्टिक जस्ता अखाध्य बस्तु भेटिनुले त्यस्ता अन्य विभिन्न किसिमका अखाध्य बस्तुहरु समेत मिसावट हुन सक्ने भएकाले सम्बन्धित निकायले निगरानी बढाउनु पर्ने श्रेष्ठको भनाई रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस