स्मिथ रजक । रौतहट । साउन ६ गते
कोरोना भाइरसको कहर कम भएसँगै रौतहटको इशनाथ नगरपालिकाका मेयर संतोष मेहताले विकास निर्माणको कार्यलाई तिव्रता दिएका छन । नगर प्रमुख मेहताले यतिखेर आफना नगरमा सडक निर्माण, सडक ढलान, भौतिक पुर्वाधार निर्माण लगाएतका कार्य धमाधम गराउन थालेका छन । नगर प्रमुख मेहताले सडक, पुर्वाधार निर्माण लगाएत कार्यलाई विशेष प्राथमिकता दिएका छन । मेयर मेहताले इशनाथ नगरपालिकामा मोतिपुर देखि वडा नम्बर ५ शेख हाजि इस्लाम को घर देखि मोतिपुर चौक सम्ममा लाखौको लागतमा सडक ढलान गराउन लागेका हुन । लामो समयदेखी उक्त सडक जिर्ण हुँदा सर्वसाधारणलाई आवत जावत गर्न ठुलो कठिनाई हुँदै आएको देखेर मेयर मेहताले शेख हाजि इस्लाम घर देखि मोतिपुर चौक सम्म गाउँको मुख्य मुख्य बाटोलाई ढलान गराउन लागेका हुन । सडक ढलान हुने भएपछि स्थानीयहरु उत्साहित भएका छन सर्वसाधारणलाई आवत जावत गर्न समेत सहज भएको छ । जनताको इच्छा र चाहना अनुसारको काम गर्दै जाने आफनो योजना रहेको मेयर मेहताले बताएका छन । जनताको आवश्यक्तालाई पुरा गर्न आफु कुनै पनि शर्तमा पछाडि नपर्ने मेयर मेहताले बताएका हुन ।