आरके श्रीवास्तव । रौतहट । श्रावण ०७ गते
रौतहटमा पुष्पलालको ४३ औं स्मृति दिवस मनाईएको छ । जिल्लाको चन्द्रपुरमा नेकपा एमाले का सस्थापक महासचिव पुष्पलालको स्मृति मनाईएको हो । नेता होइन नीति प्रधान हो भन्ने उनको विचारलाई स्मरण समेत गरिएको थियो । संयुक्त जन आन्दोलनले मात्र पन्चायत ढल्ने तर काङ्ग्रेस र कम्युनिस्टले एक्ला एक्लै आन्दोलन गरेर पन्चायत न ढल्ने भएकोले स्वर्गीय पुष्पलालले संयुक्त जन आन्दोलनको प्रस्ताव राखेको स्मरण गरिएको थियो । अन्ततः २०४६ सालको जन आन्दोलन उहाँकै नीति अनुसार सफल भएको विचार एमाले रौतहटका अध्यक्ष तुलसी राज गिरीले पुष्पलाल स्मृति दिवसका अवसरमा बताएका थिए । नेपाल कम्युनिस्ट पार्टी एमाले रौतहटको आयोजनामा सो कार्यक्रम गरिएको थियोे । ४३ औं स्मृति दिवस पार्टी कार्यालयमा चपुरमा सम्पन्न भएको नेकपा एमालेका यूवानेता रूपेश पटेलले जानकारी गराउनु भएको हो । श्रद्धाञ्जली कार्यक्रममा पार्टीका जिल्ला नेताहरू रामकिशोर महतो , शैलेन्द्र साह , राजु धामी र युवा संघका केन्द्रीय सदस्य रुपेश पटेलले मन्तव्य व्यक्त गरेका थिए ।