सर्लाही । श्रावण ०७ गते
सर्लाहीमा सयौं सेवा निवृत्त कर्मचारीहरू लाई सम्मान गरिएको छ । श्री जनज्योति युवा समाज रामनगर गाउँपालिका वडा नं १ खैर्वा सर्लाही द्वारा विभिन्न पेशा बाट सेवा निवृत्त कर्मचारीहरू लाई सम्मान गरिएको छ । रामनगर गाउँपालिकाका नेपाल सरकारबाट सेवानिवृत्त हुनुभएका करिब १०० जना सेवानिवृत्त कर्मचारीहरुलाई बिहीबार एक कार्यक्रमका बिच सम्मान गरिएको छ । सम्मान कार्यक्रमको प्रमुख अतिथि नगर विकास कोषका कार्यकारी सदस्य संदीप मिश्र रह्नु भएको थियो भने विशिष्ट अतिथीमा निजामती कर्मचारीहरुको ट्रेड युनियन सर्लाही अध्यक्ष उमेश मिश्र रह्नु भएको थियो । कार्यक्रममा पूर्व त्रि.वि प्रोफेसर डा. जगदेव राय, पूर्व प्रो.महेश सिंह, रेडक्रसका रामनगर उपशाखा अध्यक्ष रामपदार्थ राय तथा सो गाउँपालिका सम्पूर्ण विद्यालयका प्रअहरू ,शिक्षकहरू, प्रहरी प्रमुख र गाउँपालिकाका भद्रभलादमी, संस्थाका कार्यक्रम संयोजक अरुण यादव ,बुद्धिजिवी ,युवा,विद्यार्थीहरुको उपस्थित रहेको थियो । समाजका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मिश्र द्वारा वहाँहरुलाई माला, खाँदा ओढाएर सम्मान गर्नुभएको थियोे । साथै वहाँहरुको सु स्वास्थको कामना गर्नुभएको थियो साथै संदीप मिश्रले व्यक्तिगत तर्फबाट रेडक्रस रामनगरशाखालाई राहतकोषमा रु एक लाख एक हजार हस्तान्तरण गर्नुभएको समाजका अध्यक्ष श्रीवास्तवले जानकारी गराउनु भएको छ ।