आरके श्रीवास्तव । रौतहट । श्रावण ०८ गते
रौतहट जिल्लाको मौलापुर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम बारे प्रष्ट पारेको छ । विभिन्न मिडियामा प्रकाशित सामाचारको प्रभावले आज शनिबार नगरभरिका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका लाभग्राहीहरू बोलाईएको थियो । नगरप्रमुख रिना कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह ,पत्रकार र स्थानीय भद्रभलादमीहरूको रोहबमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लाभग्राहीहरू लाई काम गरे वापतको पारिश्रमिक पाएको हो होईन् बारेमा सोधिएको थियो । जसमा सबै जनाले आफूहरूले काम गरे वापतको प्रति दिन ५१७ रूपैयाँका हिसाबले सबै रकम प्राप्त गरेको स्विकार गरेका थिए । कामदारहरूले पाउनु पर्ने रकममा अनियमितता भएको भन्दै व्यापक प्रचार हुन थालेपछि मौलापुर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भई आज स्पष्ट पारेको हो । नगरप्रमुख रिनाकुमारी साहले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरेका कामदारहरूको समस्या सुन्नु भएको थियो । समस्याको समाधान गर्न नगरपालिका तयार रहेको बताउनु भएको थियोे । त्यस्तै कार्यक्रममा श्रमिकहरू लाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले १ सय ८३ जना बेरोजगार श्रमिकहरू लाई ज्याला बापत प्राप्त भएको ९४ लाख ८४ हजार रकम मध्ये २ सय ६७ जना श्रमिकहरूको प्राविधिक मूल्यांकन एवम् डोर हाजिरीको आधारमा हुन आउने एक श्रमदिन बराबरको ५ सय १७ रूपैयाँ का दरले जम्मा हुन आउने रकम ६८,२४,४००÷– रकम मात्र निकासा भएको जानकारी गराएका थिए । कुल १ सय ३२ जनाको नाउँमा रकम निकासा भएको र २६७ जनालाई व्यवहारिक हिसाबले वितरण गरिएको जानकारी गराउनु भयो । काम गरे वापतको प्राप्त हुने रकममा कसैले यदि कम पाएको हो भने प्रष्ट रूपमा भन्न उनले आग्रह गरेका थिए । यदि कम पाएको हो भने नगरपालिका नै जवाफदेही हुने र यसको समाधान गर्न नगरपालिका नै तयार रहेको बताउनु भयो । नगरपालिकाले यदि समाधान गर्न सकेन भने पछि अन्य निकायमा जान सकिने बताए । जवाफमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरेकी महिला कामदार मौलापुर वार्ड नम्बर ६ कि फूलादेवीले आफूले काम गरेको प्रति दिन बराबरको ५ सय १७ रूपैयाँ पारिश्रमिक पाएको ठिक साँचो हो यसमा कुनै गल्ती नरहेको बताईन् । अर्का एक जना कामदार मौलापुर पतौरा वार्ड नम्बर ४ का मिश्रीलाल नुनियाले आफूले काम गरेको ६० दिन बापत ५ सय १७ रूपैयाँका दरले पाउनु पर्ने पारिश्रमिक पाईसकेको बताए । मिश्रिलाल र फूला जस्तै अन्य २६७ जना कामदारहरूले पाउनु पर्ने पारिश्रमिक पाएको बताए । रोजगार संयोजक शारदा आर्याल उर्फ सुमनले आफूहरूलाई सबै कुरा जानकारी गराएको तर बुझन नसकेर यस्तो समस्या उतपन्न भएको स्विकारेका थिए । नगरपालिकाले २६७ जनालाई जुन हिसाबले वितरण गरेको हो त्यसमा आफूहरूको सहमति रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा सामिल कामदारहरू बताए । रोजगार संयोजक सुमन जुन छोटो समयमा जनताको मन मुटुमा बस्न सफल हुनु भएको छ वहाँलाई फसाउने ठूलो षड्यन्त्र भएको श्रमिकहरूले खुलासा गरेका थिए । आफूहरूले पाएको रकम भन्दा बढी रकम दिलाई दिने प्रलोभन दिएर सिडियो कार्यालय समक्ष लगेको उनीहरूले बताएका थिए । मौलापुर नगरपालिका अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरि नाला,पिकनिक पार्क,मन्दिर परिसर सरसफाइ गराइएको थियो । मौलापुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा २६७ जनाले आवेदन दिएका थिए तर १८३ जनालाई मात्र छनौट गर्ने प्रवधान रहेको कार्यक्रम संयोजक सारदा अर्याल उर्फ सुमनले बताउनु भयो । १८३ जनालाई राख्ने १०० दिन काम गर्ने र दैनिक ५१७ का दरले ज्याला दिने प्राबधान रहेको भएतापनि काम गर्न समय थोरै रहेकाले बजेट फ्रिज हुनबाट जोगाउन २६७ जनालाई नै काममा लगाइएको अर्यालले बताउनु भयो । पछि आएर विभिन्न किसिमको आरोप प्रत्यारोप लगाईएको हो जुन निराधार रहेको उनले बताईन् । कोरोनाको दोस्रो लहर चलिरहेको बेला बेरोजगार भएर बसेकाहरूलाई रोजगार दिई केही सहयोग गर्न सकिन्छ भन्ने भावनाले आफू निषपक्ष भावनाले सेवा गरेको आर्यालले बताईन् । रोजगार संयोजक आर्यालले कुनै पनि श्रमिक कामदार हरूलाई भ्रममा नपर्न आग्रह गर्नु भयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट मौलापुर नगरपालिका फ्रिज हुन बाट जोगाएको हो । जुन एकदमै सराहनीय हो । तर रौतहट जिल्लाको कटहरिया नगरपालिका , फतुवाविजयपुर नगरपालिका सहित अधिकांश पालिकाहरू रकम नै फ्रिज गराईदिएका छन् । अन्य पालिकाको तुलनामा मौलापुर नपाको कार्यलाई सराहनीय नै भन्नू पर्छ ।