आरके श्रीवास्तव । रौतहट । श्रावण १० गते
रौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत संचालित ९आरम्भ किशोरी शिक्षा कार्यक्रमको संयुक्तरूपमा अनुगमन गरिएको छ । नगर प्रमुख रिना कुमारी साहको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह सहितको संयुक्त अनुगमन पालिका र आसमान नेपाल बाट भएको थियोे । मौलापुर नगरपालिका अन्तर्गत संचालित सिकाई केन्द्रहरूमा सो टोली पुगेको थियो । मौलापुर नगरपालिकाको वडा नम्बर ८ र ९ मा सञ्चालित ब्रहमस्थान किशोरी सिकाइ केन्द्र,प्रगति किशोरी सिकाइ केन्द्र र महालक्ष्मी किशोर सिकाई केन्द्रमा अनुगमन गरिएको थियो । त्यस्तै मौलापुर नगरपालिकाकोवडा नम्बर ७ सगहिया पिपरियामा संचालित किशोरी सिकाइ केन्द्रहरूको पनि अनुगमन गरिएको थियो । वडा नम्बर ७ मा नगरप्रमुख रिना कुमारी साह , आसमान का बोर्ड सदस्य रामप्रबेश यदव र शिक्षा संयोजक चन्देश्वर साह सहितको टोली अनुगमनको लागि पुगेको थियो । सोनरनियामा नगर उपप्रमुख गौरीशंकर जयसवाल,प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहको नेतृत्वको अनुगमन टोलीले सिकाई केन्द्रको अनुगमन गरेको थियो । संयुक्त अनुगमन टोलीले किशोरी सिकाई केन्द्र हप्तामा कति दिन र दैनिक कति घण्टा कक्षा संचालन,अध्ययन रअध्यापन गराईएको विषय,शिक्षण विधिहरू,किशोरीहरू लाई पढ्न घरपरिवारले कसरी सहयोग पुर्याइरहेको छ, किशोरी सिकाइ केन्द्र बाट कस्ता कुराहरू सिकेको,पढ्ने क्रममा भोगेका चुनौतीहरू,किशोरीहरू नगरपालिका बाट के कस्ता सहयोगको अपेक्षा राखेको हो लगायतका विषयमा बुझन सो टोली पुगेको आसमान नेपालका आरम्भ परियोजनाको शिक्षा अधिकृत अरविन्द कुमार साहले जानकारी गराउनु भयो । सो टोलीमा नगरप्रमुख रिना कुमारी साह,उपप्रमुख गौरीशंकर जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह सँगै जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख रामबिनय कुमार सिंह,मौलापुर शिक्षा संयोजक चन्देश्वर साह,स्वास्थ्य संयोजक सुरेन्द्र रौनियार,योजना शाखा प्रमुख ओमप्रकाश पडिंत,महिला बालबालिका शाखा प्रमुख उषा साहि , रोजगार संयोजक शारदा आर्याल उर्फ सुमन,आसमान नेपालका टिसि सुशील थापा,पिसि जमुना श्रेष्ठ,एस जी ओ सपना सेन्चुरी,इ जि आर पि को डिसि ईशा राईन नम्बर ९ का वडाध्यक्ष रामलाल साह,वडा नम्बर ८ का वडाध्यक्ष बसन्त यादव,वडा नम्बर ७ का वडाध्यक्ष रामपुकार साह,गुजरामाई एफएमका स्टेशन मैनेजर रामप्रवेश बैठा सहितको व्यक्तिहरूको सहभागीता रहेको थियो । पिपुल ईन निडको सहकार्यमा आसमान नेपाल द्वारा सञ्चालित आरम्भ परियोजना अन्तर्गत मौलापुर नगरपालिकामा १६ वटा सिकाई केन्द्र सञ्चालनमा रहेको छ । डिएफआईडिको आर्थिक सहयोग , पिन नेपालको प्राविधिक सहयोग र आसमान नेपालको आयोजनामा सो परियोजना संचालनमा रहेको छ । यो परियोजना रौतहट जिल्लाको मौलापुर नगरपालिका र कटहरिया नगरपालिकामा सञ्चालनमा रहेको आसमान नेपालले जनाएको हो । मौलापुर नगरपालिकामा सञ्चालनमा रहेको सिकाई केन्द्रहरूमा १६ जना सहजकर्ता रहेका छन् भने ३ जना समाजिक परिचालक काम गरिरहेका छन् । १६ डिसेम्बर सन् २०२० देखि ३१ जुलाई देखि २०२१ सम्म मौलापुर नगरपालिकामा आरम्भ परियोजना सञ्चालनमा रह्ने अधिकृत साहले बताउनु भयो । आरम्भ परियोजना अन्तर्गत मौलापुर नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सिकाई केन्द्रहरूमा ३ सय ४ जना सहभागी रहेका छन् । जसमध्ये विवाहित २१ जना छन् भने २८३ जना अविवाहित छन् । मौलापुर नपाामा ७ महिना देखि सञ्चालनमा रहेको सो परियोजना अन्तर्गत आसमान नेपालले विधालय बाहिर रहेका २३३ जना किशोरीहरू लाई विधालय भर्ना गर्न सफल भएको छ । विधालयमा भर्ना हुन नचाहने महिलाहरू९किशोरी ० लाई लाईफ प्लान अन्तर्गत आवश्यक सीपमूलक तालिम दिईने बताइएको हो । विधालय भर्ना भएका किशोरीहरू लाई आसमान नेपालले आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउने अधिकृत शाहले बताए । साथै उनीहरू लाई ३ महिने ब्रिजिङ्ग क्लास विधालयको शिक्षकको सहयोगमा सञ्चालन गरिने बताउनु भयो । मौलापुर नगरपालिकाको तर्फबाट पुस्तक र छात्रवृत्ति उपलब्ध गराउने शिक्षा संयोजक साहले प्रतिबद्धता जनाउनु भयो । अनुगमन पछि मौलापुरका प्रमुख प्रशासकिय अधिकृत साहले विधालय फर्केका किशोरीहरू कसरी निरन्तरता दिने,अझ कसरी प्रभावकारी बनाउने,सहितको विषयमा सुझाव दिएका थिए । अनुगमन टिमले अन्तमा संयुक्त अनुगमनको समिक्षा,सिएलसिको सामाग्री हस्तान्तरण ,किशोरीहरूको विधालय शिक्षा निरन्तरता सहितको विषयमा निर्णय गरिएको थियो । अनुमन कार्यक्रमको समापन गर्दै नगरप्रमुख साहले मौलापुर नगरपालिकाको तर्फबाट प्राचीन शिव डायरी,कार्य प्रगति विवरण र पतौरा पुरातात्त्विक महादेव मन्दिरको बारेमा लेखिएको पम्पलेट पनि मायाको चिन्हको रूपमा उपलब्ध गराउनु भएको थियो ।