आजदेखि मनसुन फेरि सक्रिय हुँदैछ । नेपालमा मनसुनले आजदेखि सक्रियता देखाउन थाल्ने र प्रदेश दुईमा पनि मनसुनको सक्रियताको प्रभाव पर्ने पूर्वानुमान गरिएको छ । केही दिनदेखि निके चर्को घाम लागेको थियो र दिउँसो धेरै नै गर्मी पनि हुने गरेको थियो । साँझको समयमा पनि गर्मी हुने गरेको थियो । गमीले दिउँसो चाहिँ निकै अप्ठ्यारो पर्ने गरेको थियो । मनसुन सक्रिय भएपछि कम्तीमा चर्को घाम र असह्य गर्मीबाट राहत भने सबैले पाउने हुन्छन् ।अहिले रोपाईँ अन्तिम चरणमा छ । खेतमा अब धान हरियो हुन थालेको छ । अलिक पहिले रोपिएको धानले अब अलिकति आकाशे पानी पनि खोजिरहेको छ । थोरै पानी परिदियो भने धानको लागि अमृत नै हुन्छ तर धेरै पानी पयो र धान डुबानमा पर्न गयो भने फेरि हानिकारक हुन बेर छैन । अहिले भर्खर रोपिएको हुनाले धानको बेर्ना कलिलो रहेको छ । बाढीले धेरै बेर डुबानमा पार्ने हो भने धानलाई हानि गर्न सक्छ । वास्तवमा अहिलेको समयमा अझ केही दिन पानी नपर्ने हो भने धानलाई धेरै हानि पुग्ने देखिन्छ भने अलिकति धेरै पानी पर्न पुग्यो भने पनि धानखेतीलाई हानि पुग्ने अवस्था आउन सक्छ ।यद्यपि मनसुन सक्रिय हुने पूर्वानुमान रहेको छ । विभिन्न माध्यमले यो खबर आइरहेको छ कि केही दिन मनसुन सक्रिय रहन्छ । अहिलेसम्म त तराई मधेसमा वर्षाले खेतीलाई खासै हानि गरेको छैन । खेतीको अनुकूल नै वर्षा भएको देखिएको छ तर यस वर्ष औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको जसरी पूर्वानुमानहरु सार्वजनिक गरिएका छन्, त्यसले यसरी अब फेरि मनसुन सक्रिय हुँदैछ भन्ने खबर सार्वजनिक हुन थालेपछि कतै ठूलो बाढी आउने त होइन रु भन्ने आशंका पनि हुन थाल्छ ।मनसुन फेरि सक्रिय हुँदैछ । यो खबर सुनेर सम्बन्धित पक्ष चाहिँ मानसिक र भौतिक रुपमा किन तयार रहनु पर्दछ भने यदि बढी पानी पर्यो भने बाढी र पानीबाट हुन सकिने क्षतिबाट जोगिन पूर्वतयारी गर्न सकियोस् । यदि आजदेखि मनसुन सक्रिय भयो भने सकेसम्म कुनै किसिमको क्षति हुन नदिन हामी सबै आफ्नो क्षेत्रबाट सजग रहनु पर्दछ ।
फेरि सक्रिय हुँदैछ मनसुन — सम्पादकीय
