सप्तरी –नविन यादव श्रावण – ११ गते
सप्तरी जिल्लाको महदेवा गाउँपालिका वाड नं २ मा अवस्थित अंकुरी महादेब (शिवलिङ्ग) मन्दिरमा आज श्रावन महिनाको पहिलो सोमबार अर्थात पुर्णिँमा अनुसार पहिलो सोमबारी धुमधाम संग मनाउँदै छ । अंकुरी महादेब मन्दिरमा मिथिला साहित्य कला प्रतिष्ठान राजविराज सप्तरीले राति ३५ ओटा साईकल कबरिया सप्तरी को बरहि बिरपुर गाँउबाट ५० किलो मिटर यात्रा गर्दे,कोशी बाईरेजमा जल लिएर बिहान आठ बजै अंकुरी महादेबमा समेत अर्पण गरिएको कबरिया समितिको संयोजक सुभाष बिरपुरीयाले बताउनु भएको छ । हिन्दुहरुको धर्मको परम्परा अनुसार भगवान शिव–पार्वती श्रावण महिनामा कैलाश पर्वत छोडेर विभिन्न शिवालयहको मंदिरहरुमा आउने भएकाले भक्तजनहरु श्रावण महिनाको सोमवारीका दिन भगवान शिवको उपासना गरि पूजापाठ गर्दछन । श्रावण महिनामा शिवको पूजा गर्नाले भक्तजनहरुको मनोकामना (भाकल) चाडैं पूरा हुने मंदिरका पुजारी बद्री गिरीले जानकारी दिए । त्यस्तै गरि बिभीन्न गाउँपलिका तथा नगरपालिकाबाट श्रद्धालु भक्तजनहरुको आज बिहान ५बजै देखी नै,महादेबमा जल अर्पण गर्नको लागि घुईचो लागेको थियो। सप्तरीको तिलाठी कोइलाडी गाउँपलिका, महदेवा गाउँपलिका , हनुमाननगर कंकालनी नगरपालिका, राजविराज नगरपालिका,कुनौलि बोडर,लगाएतको भक्तजनहरूको उपस्थित रहेको स्थानिय युवा महेन्द्र अधिकारीले बताउनु भएको छ ।