जंगली हातीको आक्रमणबाट एक जनाको मृत्यु एक घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण १२, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
जंगली हातीको आक्रमणबाट एक जनाको मृत्यु एक घाइते


राजिव शाह–सर्लाही श्रावण ११ गते ।
सर्लाहीमा हातीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । सोमबार बिहान हरिवन नगरपालिका–४ गणेश चोक बस्ने सलाकत मन्सुरका ६२ बर्ष श्रीमती तेतरी खतुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । सोही ठाउँका अभास रायको विवाह घरमा जाने क्रममा हातीले आक्रमण गरेर घाइते भएका खातुनको नमुना अस्पताल हरिवनमा उपचार पस्चत थप उपचारको लागि नेसनल मेडिकल बिरगंज लैजाने क्रममा मृत्युु भएको डिएसपी बुढाथोकीले जानकारी दिए । यसैगरी जंगली हातीको आक्रमणबाट बागमती नगरपालिका–४ स्थित अन्दाजी ३५ बर्षका पहिचान नखुलेको मानसिक संतुलन ठिक नभएको एक पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइते पुरुषलाई नमूना अस्पताल हरिवन उपचार गरेर थप उपचारको लागि नारायणी अस्पताल बिरगंज पठाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस