महोत्तरीको सम्सी बिद्यलायमा साइकल बितरन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण १३, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
महोत्तरीको सम्सी बिद्यलायमा साइकल बितरन


धर्मेन्द्र कुमार यादव– महोत्तरी, साउन १२ गते ।
नेपालको एक मात्र प्रदेश जाहा मुख्यमन्त्री द्वारा “बेटी बचाउ, बेटी पढाउ“ अभियान लागू गरेका छन। “बेटी बचाउ, बेटी पढाउ“ अभियान अन्तर्गत प्रदेश नं २ को प्रत्येक जिल्लामा कक्षा ८ मा अध्यनरत छात्राहरु लाई साइकल बितरन गर्दै अएको छ । महोत्तरी जिल्लाको सम्सी गाउपालिका ७ मा रहेका जनता माध्यमिक बिद्यालय सम्सीमा कक्षा ८ मा अध्यनरत बिद्यार्थीहरु लाई साइकल बितरन गरिएको छ। सम्सी बिद्यालयमा अध्यनरत ५५ छात्राहरुलाइ साइकल बितरन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै प्रदेश सासंद कौशल कुमार यादवले भन्नू भयो कि साइकल बितरन कार्यक्रम छात्राहरुमा जागरुक्ता फैलाउन सुरु गरिएको छ, साइकल बितरन बाट छात्राहारुमा पढ्ने मनसायमा बृधीभइ आत्मनिर्भर बन्न मद्दत पुग्छ, साइकल बितरन लगायत अन्य धेरै योजना प्रदेश सरकारले ल्याउन गइरहेको छ । साइकल बितरन कार्यक्रममा प्रमुख अतिथी महोत्तरी क्षेत्र नं ४ (क) को सासंद कौशल कुमार यादव रहेका थिए। त्यस्तै विशिष्ट अतिथी सम्सी गाउपालिका प्रमुख शेष फारुक, उप प्रमुख नगिना देवी यादव, वडा नं ७ का वाडा अध्यक्ष मदन राय,तथा विभिन्न पार्टीका पार्टी प्रतिन्धिहरु लगायत शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस