नबिन यादव सप्तरी साउन १२ गते ।
सप्तरी जिल्लाको कर्मठ ,इमान्दार,समाज सेवि जनता समाजवादी पार्टीको प्रदेस सदस्य युवा नेता सत्येन्द्र नारायण यादवले विष्णुपुर गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरिएको छ । युवा नेता यादवले एक हप्ता अगाडि संचारकर्मीहरूलाई सामाजिक सञ्जालबाट विष्णुपुर गाउँपलिकाको अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरेको बताउनु भएको छ । बिष्णुपुर गँउपालिकाको भुस्कोल नेताहरूको चरित्रबाट आम जन्ता समेत पिडित रहेको, भन्दै उनले अब आफू अध्यक्षमा चुनाव लड्ने बताउनु भएको छ । युवा नेता सत्येन्द्र नारायण यादवले भनु भो , राजनैतिक क्षेत्रमा करिब १२ बर्ष देखी नियमित रूपले एउटे पार्टिमा बसेर,पार्टीको मान मर्यादा समेत मान्दै आएको छु। म २०६६ सालमा फोर्म लोकतान्त्रिक बिद्यार्थीको जिल्ला अध्यक्ष थियो। पार्टी मर्ज भएपछि , बिजय गच्छेदार नेपाली कंग्रेसमा प्रबेस गरेको थियो तर हामी गएन, त्यसपछि २०७७– असोज –१६ गते जनता समाजवादी पार्टीमा प्रबैस गरि अहिले जनता समाजबादी पार्टीको प्रदेश सदस्य पदमा छु बताउनु भएको छ । उनले अब पाँच वर्ष स्थानीयस्तरमा जनताको सेवा गर्ने पनि बताउनु भएको छ । त्यस्ते गरि उहाले बताउनु भो, अहिलेको समयमा गाउँपलिकामा भ्रष्टारीको सिमा नांगिएको, बिकासको नाममा ब्रहमलुट मचाएको, घर घरमा राजनैतिक षडयन्त्र लगाएर समाजलाई झन तल झारिएको अहिलेको स्थानिय सरकार माथि आरोप लगाउनु भएको छ । उहाले अध्यक्षमा लड्ने घोषणा गरेपनि स्वतन्त्र हो कि अन्य कुनै पार्टीबाट भन्ने विषय उल्लेख गरेको छैन् ।