राजिव शाह सर्लाही,श्रावण १२ गते ।
सर्लाही सदरमुकाम मलंगवामा अपाङ्ग संघर्ष समितिको कार्य समिति गठन गरेको छ । मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा मंगलवार बसेको बैठकले राम नरेश यादवको अध्यक्षता ६ सदस्य कार्य समिति गठन गरिएको हो । अपाङ्ग संघर्ष समितिको उपाध्यक्ष सोनी दत्त, कोषाध्यक्ष अमबारुल अनसारी,सचिव चन्देश्वर महतो,सह सचिब अंजु साह रहने गरी कार्य समिती चयन गरेको छ । अपंगता समानुपातिक समाबेसी सहभागिता ,बेरोजगारी भाता, नेत्रहीन लोविजन ११ हजार ५ सय असक्त १२ हजार ५ सय भाता उपलब्ध अपाङ्गको व्यक्तिगत खातामा पाउनु पर्ने सुकुम्बासी अपाङ्गता भएका व्यक्तिलाई जग्गा जमिन उपलब्ध गराउन लगायतको माग अपाङ्ग संघर्ष समिति गठन गरिएको अध्यक्ष राम नरेश यादवले जानकारी दिए । कार्यक्रममा सर्लाहीका विभिन्नक्षेत्रका २० जना अपाङ्गताहरुको उपस्थिति रहेको थियो ।