आरके श्रीवास्तव । रौतहट । साउन १५ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा रहेको एक विधालयको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच प्रदेश नम्बर २ का निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा र कटहरिया नगरप्रमुख सियाराम कुशवाहाले संयुक्त रुपमा गर्नु भएको थियो । नमूना विधालय विकास योजना अन्तर्गत सो भवन बन्न लागेको हो । मेयर कुशवाहाको विशेष पहलमा सो विधालयमा १० कोठे भवन बन्न लागेको हो । करिब ८६ लाखको लागतमा निर्माण हुन लागेको प्रशासनिक भवनको यसै आर्थिक वर्षको कार्तिक सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्षय रहेको श्री जनता मावि कटहरियाका प्रधानाध्यापक योगेन्द्र कुशवाहाले जानकारी गराउनु भयो । आज हिन्दू परम्परा अनुसार विधिवत् रुपमा पंण्डित् द्धारा मन्त्रोचारण गरि शिलान्यास गरिएको थियो । शिलान्यास पछि कार्यक्रममा बोल्दै निर्वतमान प्रदेश सांसद कुशवाहाले शिक्षामा पहुँच नभए सम्म अन्य विकास सम्भव नभएको भन्दै यसको विकास ध्यान दिन जरुरी रहेको बताउँदै मावि कटहरियालाइ अझै अगाडी स्थानिय सरकारले विशेष ध्यान दिएकोमा धन्यवाद दिनु भएको थियो । त्यस्तै शिलान्यास पछि बोल्दै कटहरिया वडा नम्बर ४ का वडाध्यक्ष,नगर प्रवक्त एवम् विधालय व्यवस्थापन समितीका अध्यक्ष चन्दन कुशवाहाले यसै आर्थिक वर्ष देखि प्राविधिक शिक्षा तर्फ सिभिल इन्जियरिङको पढाइ हुने जानकारी गराउँदै मावि कटहरिया लाइ नमूना विधालयको रुपमा अगाडी बढाउने बताउनु भयो । प्राविधिक शिक्षा पढाउनको लागि पनि ३ तले भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो । सो अवसरमा विधायक कुशवाहा र मेयर कुशवाहा सँगै कटहरिया बहुमुखी क्याम्पसका प्रमुख गजेन्द्र प्रसाद यादव,कार्यपालिका सदस्य रामप्रवेश साह,वडा नम्बर ९ का कावा वडाध्यक्ष मनोज साह,विधासागर यादव, लगायत शिक्षक,जनप्रतिनिधी,पत्रकार लगायत भद्रभलादमीहरुको उपस्थिती रहेको विधालयका लेखापाल सुरेन्द्र यादवले जानकारी गराउनु भयो ।