राधेश्याम यादव । रौतहट । साउन १५ गते
आईटी आर्मी नेपाल जिल्ला कार्य समिति रौतहटको बैठक सम्पन्न भएको छ । रौतहटमा आईटी आर्मी द्वारा निकालिने मोटरसाइकिल रैली बारे व्यापक छलफल गरिएको छ । बिहिवार कटहरिया स्थित रहेको सहिद जनयुद्ध स्मृति प्रतिष्ठानमा आइटि आर्मीका यूवा कार्यकर्ताहरू भेला भएका थिए । आउँदो साउन १६ गते शनिबार हुन लागेको बृहत् मोटरसाईकिल रैली बारे छलफल गरिएको आईटि आर्मीका रौतहट जिल्ला संयोजक नरेश साहले जानकारी गराउनु भयो । भ्रष्टाचार, कुशासन, आरजकता एवं दण्डहिनताको विरुद्ध संघर्ष गर्दै समाजमा बिधमान बिकृति, बिसंगती हटाऊन युवाहरुको बृहत मोटरसाइकल रैलीको हुन लागेको साहले बताए । बैठक बाट आर्मी द्वारा हुने मोटरसाईकिल रैलीमा करिब १६ हजार यूवा परिचालन गरिने संयोजक साहले बताउनु भयो । रौतहट क्रान्तिकारीहरू जिल्लाको रूपमा चिनिदै आएको र यस स्थापित गर्नका लागि आफूहरू मोटरसाईकिल रैली निकालन लागेको उनले बताए । साथै सो रैली कुनै पार्टी समबद्व नरहेकोले जुनसुकै दलको भएनि रैलीमा सहभागी हुन सम्पूर्ण रौतहट बासी यूवाहरूमा साहले आग्रह गर्नु भयो ।