रौतहटमा हजारौंको संख्यामा आई.टी.आर्मीले निकाल्यो मोटरसाईकिल रैली

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण १७, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
रौतहटमा हजारौंको संख्यामा आई.टी.आर्मीले निकाल्यो मोटरसाईकिल रैली

आरके श्रीवास्तव । रौतहट । साउन १६ गते
पूर्व मन्त्री प्रभु साह द्वारा नवगठित आई.टी.आर्मीले रौतहटमा शनिवार शक्ति प्रदर्शन गरेको छ । भ्रष्टाचार, कुशासन, दण्डहिन्ता र लुट तन्त्र बन्द गर्ने उद्देश्यले हालै गठन गरिएको आई.टी. आर्मीले रौतहटमा शनिवार वृहत मोटरसाइकल रैली निकालेको छ । जिल्लाको मध्य भाग गरुडाबाट निकालिएको मोटरसाइकल रैली,बिर्ता हर्षाहा, बाल्चनपुर, जंगलसहीया, फतुवा विजयपुर, कटहरीया बजार, देवाही गोनाही, दिपही, खेसरीया र भेल्ही हुँदै सुकदेव चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । देशमा बढदै गरेको भ्रष्टाचार, बेतिथि, लुट, आतंक तथा अराजकता बन्द गरी समाजिक न्याय तथा सुशासन कायम गर्नुपर्ने माग गर्दै आई.टी.आर्मीले जिल्लामा वृहत मोटरसाइकल रैली प्रदर्शन गरिएको जिल्ला संयोजक नरेश साहले जानकारी गराउनु भयो । उक्त रैलीमा जिल्लाका विभिन्न स्थानीय तहहरुबाट हजारौंको संख्यामा युवाहरु मोटरसाइकलसहित सहभागी भएका थिए । रैलीमा सहभागीहरुले भ्रष्टाचारीहरु खबरदार, लुट, आतंक बन्द गर, देश लुटन पाईदैन, भ्रष्टाचारी चाहिदैन, आई.टी. आर्मी जिन्दावाद, युवा एकता जिन्दावाद, देशलाई अगाडि बढाउनु छ, भ्रष्टाचार हटाउनु छ जस्ता नारावाजी गरेका थिए । साथै उनिहरुले समाजमा व्याप्त वेथिति, विसंगती, ढिलासुस्ती र भ्रष्टचारविरुद्ध चर्को नारावाजी गरेका थिए । रैली पछि सुकदेव चौकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आई.टी.आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साहले देशमा बढदै गरेको भ्रष्टाचारलाई अन्त्य गरी समाजिक न्याय, सुशासन कायम गर्ने तथा समाजवाद निर्माण गर्ने उद्देशयले आई.टी. आर्मी नामक संगठन निर्माण गरिएको बताएका छन । आई.टी. आर्मीका राष्ट्रिय संयोजक साहले सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ गठित आई.टी. आर्मीले समाजको विकृति, विसंगति विरुद्ध जनचेतना अभिवृद्धि गर्दै भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहीनता एवं अस्थिरताविरुद्ध खबरदारी गर्दै सुशासनयुक्त समाज निमार्णमा महत्वपूर्ण, हस्तक्षेपकारी र निर्णायक भूमिका खेल्ने दाबी गरेका छन । समाजमा बढदै गरेको भ्रष्टाचार अन्त्य गरी भ्रष्टाचार मुक्त समाज बनाउने कल्पना सहित यो संगठनको निर्माण गरिएको र आफना लक्ष्य पुरा गर्न आफुहरु पछाडि नहटने उनले बताए । त्यस्तै कोण सभामा बोल्दै जिल्ला संयोजक नरेश साहले कोण सभामा सहभागी भएका सम्पूर्ण लाई धन्यवाद ज्ञापन गरेका थिए । र आइटि आर्मीको उदेश्य बारे प्रष्ट पारेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस