नबिन यादव श्रावन–१६ गते ।
प्रदेश २ का भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले धनुषामा २८ करोडको लागतमा आरोह फरटिलाइजर प्रा.ली कम्पनीको शिल्यानास गरिएको छ । नेपाल सरकारले कृषि क्षेत्रमा ३ प्रतिशत भन्दा बढी लगानी गर्न नसकेको आरोप लगाउदै मन्त्री साहले नेपाललाई कृषि प्रधान देश भनिएपनि ठोस कृषि एन ल्याउन नसकिएको उनको भनाई रहेको छ। संघिय कृषि मन्त्रालयका सचिव डा.योगेन्द्र कुमार कार्कीले किसानका लागि नभई नहुने जैबिक मलको कारखाना स्थापनाले यस क्षेत्रको किसानका लागि संजीवनीबुटी सरह हुने समेत बताउनु भएको छ । आरोह फरटिलाइजर प्रा.लीका सञ्चालक शैलेन्द्र शमसेर जबरा अध्यक्ष र आंङ्गकामी लामाले आफुहरुको सानो लगानीले यस क्षेत्रको किसानलाई केहि राहत हुने विश्वास व्यक्त गरे । प्रा.लीले मल उत्पादन गर्न थालेपछि किसानको उत्पादनमा पनि बृद्वि हुने विश्वास लिइएको छ । पहिलो चरणमा सात हजार पाँच सय मेट्रिकटन उत्पादन गर्दा कुल २८ करोडको लागतमा यो उद्योग तिन बिघघा १२ कठ्ठाको क्षेत्रफलमा स्थापना हुन भइरहेको छ । कार्यक्रममा प्रदेश मन्त्रालयककी सचिव, राप्रपा नेपालका जिल्ला तथा केन्द्रिय नेताहरु सहितको उपस्थिती रहेको थियो ।