चन्दन कुमार महतो । रौतहट । साउन १७ गते
रौतहट जिल्लाको बौधिमाइ नगरपालिकाको वडा नम्बर ४ इनरवारी टोलमा आज ग्यास सिलिन्डर वितरण गरिएको छ । नगर प्रमुख राजीव रंजन यादव तथा निर्वाचन क्षेत्र –२ ख का प्रदेश सभा सदस्य रामकिसोर यादवको प्रमुख अतिथ्यतामा ७७६ ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो ।कार्यक्रमको अध्यक्षता वडाध्यक्ष देवनारायण प्रसादले गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रमोद यादवले गर्नु भएको थियो । मेयर यादवको चुनावी प्रतिबद्धता अनुरुप बौधिमाइ नगरपालिकाको–४ इनरवारी टोलमा झण्ड़ै ७७६ घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । बौधिमाइ नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादव तथा निर्वाचन क्षेत्र –२ ख प्रदेश सभा सदस्य रामकिसोर यादवको अतिथ्यतामा धुवामुक्ता , ग्यास सिलिन्डर तथा चुल्हो वितरण कार्यक्रमको मैन बती बालेर उदघाटन गर्नु भएको थियो । बौधिमाइ नगरपालिकाको नगर प्रमुख राजिव रंजन यादवद्वारा प्रथम प्राथमिक्ता दलित बिपन्न , गरिब र अन्य समुदायका परिवारहरुलाई ७७६ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो नगर भरिका घरपरिवारले अहिले पनि दाउराको प्रयोग गरी खाना पकाउने गरेको हो । त्यसलाइ हटाउनको लागि धुवामुक्त कार्यक्रम अन्तर्गत २०७७ ÷२०७८ मा खरिद गरिएको ग्यास सिलिन्डर तथा चुल्हो सेट वितरण आज गरिएको हो अहिलेको आधुनिक युगमा पनि गुईठा र दाउराबाट खाना पकाउन बाध्य महिलाहरु विभिन्न रोगको शिकार हुने गरेको र आर्थिक अवस्था कमजोर भएकै कारणले ग्यास चुल्होबाट खाना पकाउन नसकेका घरपरिवारलाई लक्षित गरी यो योजना ल्याईएको नगर प्रमुख राजीव रंजन यादवको भनाइ रहेको छ । सो कार्यक्रममा प्रमुख निर्वाचन क्षेत्र –२ ख प्रदेश सभा सदस्य रामकिसोर यादव ,बिशिष्ट अतिथि जिल्ला समन्वय समिति रौतहटका उप साभापति राम बशिष्ट यादव ,बौधिमाइ नगरपालिकाकि उपप्रमुख प्रेमलाता कुशवाहा ,बौधिमाइ नगरपालिकाको नि .प्रसासकिय अधिकृत रामेश्वर यादव ,वार्ड न–६ का वाडाध्यक्ष ह्रृदयनारायण यादव ,युवा नेता लखिन्द्र यादव ,सिकिन्द्र यादव ,इप्रका कोपवाका ईन्चार्ज महेश यादव ,ओम यादव , बौधिमाइ नगरपालिकाको वडा सदस्य , जनप्रतिनिधि , पत्रकार लगायतका कार्यकार्ताहरुको उपस्थिति रहेको थियोे ।