स्मिथ रजक १९ साउन
प्रदेश २ सरकारका प्रदेश प्रमुख डाक्टर राजेश झा अहिराजले आम जनताको भावना र भुमि संकटमा परेको अनुभूति भै रहेको बताउनु भएको छ ! मंगलवार रौतहट आएका प्रदेश प्रमुख अहिराज सदरमुकाम गौर स्थित जिल्ला समन्वय समिति कार्यालयको सभाहलमा कोभिड १९ बाट उत्पन्न भएको समस्याको बारेमा जानकारी लिनका आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै नागरिकको जीवन रक्षा ,भुमि भावना र भविष्यको रक्षा प्रधान विषय रहेको बताए ! संचारकर्मीहरु सित जिल्लामा रहेका सुरक्षा निकायका प्रमुख , जनप्रतिनिधिहरुको गरिमामय सहकार्य सम्वन्ध भए नागरिकको जीवन , भुमि भावना र भविष्यको सुरक्षा सम्भव हुने बताए ! प्रदेश प्रमुख अहिराजले भने संचारकर्मी समाजको आइना हो लेन्स होइन संचारकर्मीहरुले जहिले पनि समाचार दिदा समाजमा सकारात्मक र नविन योजनाका कुराहरु र दिशा निर्देशन दिने खालका हुनु पर्ने जोड दिए ! प्रदेश प्रमुख अहिराजले संचारकर्मीहरुलाई राजनीतिक र अपराधलाइ छुट छुटै रुपमा व्याख्या गर्न सुझाव दिदै राम्रो दिशा तर्फ समाज र देशलाइ डोर्याउनु पर्ने सुझाव दिन आग्रह गरे ! नागरिकको जीवन , राष्ट्रिय एकता सीमाको सुरक्षाको महत्वपूर्ण कुरो पव्लिक सेवा रहेको बताए ! प्रमुख जिल्ला अधिकारी , प्रहरी उपरीक्षक लगायतका प्रमुखहरुले नागरिकलाइ देश , सिमा ,भुमि तपाईको रहेको र यसलाई सुरक्षा गर्ने अधिकारी तपाईको नै भएको चेतना फैलाउनु पर्ने जोड दिए ! आफ्नो जमिन सिमाको रक्षा गर्नका लागि नागरिकलाइ अगाडी बढाउनु पर्नेमा अहिलेको अवस्थामा यस्तो कार्य नभैरहेकोले मुलुकमा द्वन्दको अवस्था सृजना भएको उहाको भनाइ रहेको छ ! नागरिकलाइ उहाको कम कर्तव्य र अधिकारको बारेमा जानकारी नगराउनुले अपराधमा राजनीतिकरण हुने गरेको टिप्पणी गर्दै अपराध र राजनीतिक फरक कुरो भएको जिकिर गरे ! अपराधमा हुने गरेको राजनीतिकरणलाइ छुट्याउनु पर्ने दायित्व संचारकर्मीको भएको दुवै विषयमा सचेत भएर कलम चलाउनु पर्ने धारणा राखे ! राजनीतिक र अपराधलाइ छुट्याउन नसकिदा समाजमा नकारात्मक असर परिरहेको उल्लेख गरे ! अभाव र अतिवादको चपेटामा समाज बढिरहेको बेला समयमा न्यूनीकरण गरिएन भने कोरोनाको प्रभाव र युवा विद्यार्थीहरु लागु औषध प्रयोगमा फसिदै गएकोले समुनत समाजको निर्माणमा प्रभाव पर्ने बताए ! शिरमा देश मनमा मधेश राखेर काम गरे सुन्दर ,समुनात समाज राष्ट्र बन्न सक्ने बताए ! प्रदेशमा रोग र भोगले उत्पन्न समस्या सवैले आफ्नो ठाउबाट सहकार्य गर्नु पर्ने जोड दिए ! एकता र समावेशिताको सवालमा कुनै पनि अवस्थामा सम्झौता गर्न नसकिने बताए ! राष्ट्रियता एकत्वको सवालमा कतै सम्झौता गर्न नसकिने भएकोले सवैले सहकार्य गरि अघि बढ्नु पर्ने बताए ! अन्तरक्रिया कार्यक्रममा सहभागी भएका जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल राय यादव , गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले कोरोना भाइरसको संक्रमणबाट उत्पन्न भएको समस्या र समाधान गर्न गरिएको क्रियाकलापको बारेमा जानकारी गराउदै ओझेलमा परेको गौर राइस मिलको जग्गा अधिग्रहण प्रक्रियालाइ छिटो समाधान गराउन आग्रह गरेका थिए ! रौतहटको शिक्षा र स्वास्थ्यको अवस्था दैनिय हुदै गएकोले स्तर उन्त्ततिको लागि प्रदेश सरकारबाट ठोस कदम चाल्नु पर्ने जानकारी गराएका थिए ! प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी उपरीक्षक शिद्धि विक्रम शाह , सशत्र प्रहरी उपरीक्षक सुर्य बहादुर सेन ओली , राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मुकुन्द बहादुर खड्काले जिल्लाका शान्ति सुरक्षा , चुनौती र समस्याका बारेमा बिस्तृत जानकारी गराएका थिए ! गौरमा रहेका जिल्ला अस्पतालमा विषयगत अनुभवी चिकित्सकको परिपुती , वर्षौ देखि अलपत्र अवस्थामा रहेका यातायात कार्यालयको संचालन , संचारकर्मीहरुको विकासको प्रदेश प्रमुख अहिराजलाइ संचारकर्मीहरुले ध्यानाकर्षण गराएका थिए !