रौशन चौधरी साउन २० गते, रौतहट ।
वडा समितिले गरेको निर्णय कार्यान्वयन गर्ने अर्थात कार्यवाहक वडा अध्यक्ष तोक्ने सहमतिपछि रौतहटको गरुडामा केहिदिन देखी जारी आन्दोलन तत्कालका लागि स्थगीत भएको छ । जिल्लाको गरुडा नगरपालिकाका मेयर इनु राय यादवले भोली विहिवार वडा नं २ र ७ का वडा समितिले निर्णय गरेको व्यक्तिलाई नै कार्यवाहक वडा अध्यक्ष बनाउने प्रतिवद्धता जनाएपछि गरुडामा नेपाली कांग्रेस सहित तिन दलको नेतृत्वमा भइरहेको आन्दोलन स्थगीत भएको छ । गरुडा नगरपालिका वडा नं २ गेडहीगुठ्ठिका वडा अध्यक्ष विसुनदेव सहनी र वडा नं ७ पिपरीयाका वडा अध्यक्ष रामेश्वर राय यादवको केही दिन अघि मृत्यु भएपछि दुवै वडा वडा अध्यक्ष विहिन रहेको छ । वडा नं २ गेडहीगुठ्ठिमा वडा सदस्य शैलेन्द्र यादव र वडा नं ७ पिपरीयामा वडा सदस्य सुन्दर पटेललाई कार्यवाहक वडा अध्यक्ष बनाउनु पर्ने लगाएत तिन बुन्दे माग गर्दै नेपाली कांग्रेसका मेयरका प्रत्याक्षी सुनिल यादव, नेता कलिमुला अन्सारी र कन्थमनी प्रसाद जयसवालको नेतृत्वमा स्थानीयहरुले विगत केहि दिनदेखी गरुडामा आन्दोलन गर्दै आएका छन । दुवै वडाका वडा समितिले समेत वडा सदस्य शैलेन्द्र यादव र वडा सदस्य सुन्दर पटेललाइ कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेपनि मेयर यादवले सो निर्णय कार्यान्वयन नगरेको भन्दै स्थानीयहरुले आज पनि गरुडामा विरोध प्रदर्शन गर्दै नगरपालिका कार्यालय घेराउ गर्न पुगेका थिए । स्थानीयहरुले नगरपालिका कार्यालय घेराउ गर्न लाग्दा मेयर इनु राय यादवले वडा समितिले निर्णय गरेको वडा सदस्य शैलेन्द्र यादव र वडा सदस्य सुन्दर पटेललाई नै भोली विहिवार कार्यवाहक वडा अध्यक्ष तोक्ने प्रतिवद्धता जनाएका छन । वडा नं २ मा यादव र ७ मा पटेललाई कार्यवाहक वडा अध्यक्ष बनाउने मेयर यादवले प्रतिवद्धता जनाएपछि तत्कालका लागि जारी आन्दोलन स्थगीत गरिएको आन्दोलनको नेतृत्व गरेका कांग्रेसका मेयरका प्रत्याक्षी सुनिल यादवले बताए । मेयर यादवले भोली पनि आफुहरुको माग पुरा नगरे अहिलेको भन्दा पनि कडा आन्दोलन गर्ने कांग्रेसका नेता यादवले चेतावनी दिएका छन । मेयर यादवले नगरपालिकालाई आफना मुठिमा लिएर एकलौटी शासन गर्न खोजेको उनले बताए । बहुमतका साथ वडा समितिले गरेको निर्णयलाई कार्यान्वयन गर्नुको सट्टा उल्टै लत्याउँदै बहुमतीय प्रणालीलाई ध्वस्त पारेको र तानाशाही प्रवृति देखाउन थालेपछि मेयर यादवको विरुद्ध आफुहरुलाई आन्दोलन गर्नुपरेको कांग्रेस नेता यादवले बताए । आफुहरु तिन बुन्दे माग राखेर आन्दोलन थालेको आन्दोलनका अर्का नेतृत्वकर्ता कन्थमनी जयसवालले बताए । वडा समितिले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, नगरपालिका कार्यालको भवन शोएल टेस्ट भएको जग्गा गरुडा तरकारी बजारमा बनाउनुपर्ने र गत आर्थिक वर्षको आय व्यय सार्वजनिक गर्नुपर्ने आफहुरुको यी तिनवटा माग रहेको नेता जयसवालले बताए । यी तिनवटा माग मध्ये मेयर यादवले एउटा माग पुरा गर्ने प्रतिवद्धता जनाइसकेको र अझै दुइवटा माग पुरा गर्न कुनै चासो नलिएकोले आफुहरुको आन्दोलन अहिले नै पुर्ण रुपमा स्थगीत भइनसकेको उनले बताए । भोली एउटा माग पुरा हुनेवितिकै बाँकी माग पुरा गर्नका लागि फेरी आन्दोलन थाल्ने तिनदलको संयुक्त मोर्चाको तयारी छ । आफुहरु गरुडा तरकारी बजारमा नगरपालिकाको भवन बनाउन भनेपनि मेयर यादवले त्याहा भवन बनाउन नचाहेको मोर्चाले जनाएको छ । मेयर यादवले आफुलाई प्याक पर्ने हिसावले उनको आफनै गाउँ महम्मदपुरको छेउमै भवन बनाउने कसरतमा लागेको भएपनि कुनै पनि हालतमा मेयरको यो सोच पुरा हुन नदिने आन्दोलनकारीहरुले बताएका छन ।