राधेश्याम यादव रौतहट । साउन २० गते
रौतहट जिल्लाको फतुआ बिजयपुर नगरपालिकाको एक माध्यमिक बिधालयका छात्राहरूलाई साईकल वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ८ बिजयपुर बजारमा रहेको मावि बिजयपुरमा साईकल दिईएको हो । बिधालयमा अध्ययनरत ६८ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । विद्यालयमा कक्षा ८ मा अध्ययनरत ६८ जना छात्रा वितरण गरिएको हो । प्रदेश २ सरकारको बेटि पढाउ,बेटी बचाउ अभियान अन्तर्गत आज बुधबार एक कार्यक्रम बिच साईकल वितरण गरिएको छ ।साईकल वितरण कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद राम किशोर यादव उर्फ किशोरी, विशिष्ट अतिथि फतुआ बिजयपुर नगरपालिकाका नगर उपप्रमुख कान्ति देवी महतो, जिल्ला समन्वय समितीका उपसभापति रामबिशिष्ट यादव अथितीहरुमा वडाध्यक्ष सुर्य नरायण खा थारु ,बिधालय ब्यवस्थापन समितीका पुर्व अध्यक्ष लगाएका बिषेश ब्यक्तीहरुको उपस्थिथीतीमा रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले विद्यालय टाढा भएकै कारण कतिपय छात्राहरुले बिचमा नै पढाई छाड्ने गरेको भन्दै त्यस्ता समस्या अन्त्य गर्नको लागि साईकल बितरण गरिएको वहाँले बताउनु भयो । प्रदेश सरकारको महत्त्वपूर्ण योजना मार्फत शिक्षामा छात्राहरुको उच्च लगानी होस भने उदेशयले कार्यक्रम ल्याएको यादवले बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै उपमेयर कान्ति देवि महतोले आर्थिक बर्षमा आफुले नगरपालिकाको तर्फबाट प्रत्यक बिधार्थीहरुलाई पोशाक वितरण गर्ने योजना ल्याएको बताउनु भयो । साईकल बितरण कार्यक्रममा बिधालयका प्रधानाध्यापक सुदामा राय यादवले प्रदेश सरकारले साईकल उपलब्ध गराएकोमा प्रदेश सरकारलाई धन्याबाद समेत दिएका थिए । साथै साईकलको दुरुपयोग नगर्न समेत वहाँ ले आग्रह गर्नु भयो । कार्यक्रममा फतुवा बिजयपुर नगरपालिका शिक्षक राधेश्याम प्रसाद यादव,बिधालयका लेखापाल तेजनरायण यादव, समाजसेवी जगरनाथ यादव, शिक्षक शिक्षिका ,सुरक्षाकर्मीहरू संचारकर्मी लगायत स्थानीय र अभिभावकहरुको बिषेश उपस्थिति रहेको थियो ।